दैलेखमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

मातृभूमी संवाददाता । १९ माघ दैलेख
दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत् उद्धार गरिएको छ । आठबिस नगरपालिका ८ की २४ वर्षीया हीरा बडुवाललाई अत्याधिक रक्तस्राव भएर थलिएपछि थप उपचारका लागी हेलिकप्टर मार्फत सुर्खेत लगिएको हो ।
मंगलबार देखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्मे पनि अत्याधिक रक्तस्राव भएपछि भने जस्तो उपचार हुन नसकेपछि बुधबार बिहान हेलिकप्टर मार्फत उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारी पछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । उनले भने, ‘अकालमा ज्यान जान दिनुभएन त्यसैले राष्ट्रपति महिला उद्धार कोष मार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।’ हालसम्म दैलेखबाट मात्रै साउनदेखि हालसम्म सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टर मार्फत १० जनाको उद्धार गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *