एमाले दैलेखको जिल्ला अधिवेशन फागुन १५ भित्र टुंग्याउने तयारी

मातृभूमी राजनितिक व्युरो । २५ माघ दैलेख
नेकपा एमाले दैलेखको निर्वाचन फेरी हुने भएको छ । यहि पुस २३ गते उद्घाटन भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन नटुंगिएपछि पुनःनिर्वाचन हुने भएको हो । ३१ मत फर्जी परेको भन्दै हंगामा भएपछि नेकपा एमाले दैलेखको मत गणना रोकिएको थियो । केन्द्रीय निर्वाचन आयोगले फर्जी मतको विषयमा कुनै निणर्य नगर्दा एमाले कार्यकर्ता अन्योलमा परेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि दैलेख एमालेको अधिवेशन छिटो टुंगो लगाउनुपर्ने भन्दै नेताहरु राजधानी केन्द्रित भइरहेका छन् । एमालेका जिल्ला इन्चार्ज लक्ष्मी पोखरेल, केन्द्रीय सदस्यहरु विष्णु रिजाल, धर्मराज रेग्मी, प्रदेश अध्यक्ष विनोद कुमार शाह, अध्यक्षका आकांक्षी एवम अध्यक्ष रविन्द्रराज शर्मा लगायतले आयोगलाई तत्काल निणर्य लिन अनुरोध गरिरहेको वताए छन् ।
‘फागनु १५ भित्रै मतदान गरेर जिल्ला नेतृत्वको टुंगो लगाउनुपर्छ भनेर केन्द्रीय नेताहरुसँग निरन्तर सम्पर्कमा छौं,’ अध्यक्ष शर्माले भने, ‘फागुन १५ भित्र अधिवेशन सकाउनु पर्छ । अब हामी चुनावमा होमिने भएका कारण पनि पहिले अधिवेशन सम्पन्न गर्नेगरि अघि बढेका छौं । यो आन्तरिक कुरा भएका कारण यसले स्थानीय तहको निर्वाचनमा खासै प्रभाव पर्ने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *