कोरोना जोखिमकावीच खुल्दै विद्यालय

मातृभूमी संवाददाता । २९ माघ दैलेख
कोरोना संक्रमण पूणर्रूपमा नियन्त्रण नभए पनि दैलेखका सबै विद्यालय खुल्ने भएका छन् । आइतबारदेखि दैलेख जिल्लाभरीका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन शुरु हुन लागेको हो । पौष अन्तिमदेखी वन्द भएका जिल्लाका निजि तथा सरकारी विद्यालय आइतवारदेखी संचालन हुन लागेको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोईरालाले जानकारी दिए ।
दैलेखमा डिसीसीएमसीको नियणर्य वमोजिम पौष अन्तिम सातादेखी वन्द भएका निजि तथा सरकारी विद्यालय आइतवारदेखी खुल्न लागेका हुन् । जिल्लाका निजि तथा सरकारी विद्यालयमा १२ वर्षदेखि माथिका र १८ वर्षभन्दा मुनिका विद्यार्थीलाई कोरोना विरुद्धको खोप समेत लगाइरहेको छ । विद्यालयमा भौतिक उपस्थितिमै पढाई शुरु हुन लागेको छ । स्वास्थ्यका सम्पुणर् मापदण्ड पालना गरेर विद्यालय संचालन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
स्वास्थ्यका सम्पुणर् मापदण्ड पूरा गरेर विद्यालय खोलिने निजि तथा आवासीय विद्यालय संगठन कर्णाली प्रदेशका वरिष्ट उपाध्यक्ष सुवास थापाले वताए । सबै विद्यार्थीलाई कोरोना विरुद्धको दुवै मात्रा खोप लगाईएको छ । ‘सबै विद्यार्थीले खोप लगाएकाले स्वास्थ्य मापदण्डको पालना गरी पठनपाठन शुरु गर्छौं ।’ वरिष्ट उपाध्यक्ष थापाले भने, ‘सबै विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ ।’
कोरोनाकै कारण विद्यालयको पठनपाठन लामो समयदेखि बन्द हुँदा बालबालिकाको सिकाइस्तरमा समस्या भएको निजि तथा आवासीय विद्यालय संगठन दैलेखका अध्यक्ष रमा प्याकुरेलले वताईन् । एक महिनादेखी विद्यालय वन्द भएपछि विद्यार्थीको पठनपाठन प्रभावित वनेको छ । अध्यक्ष प्याकुरेलले भनिन्, ‘विद्यालय वन्द हुँदा वालवालिकाको शैक्षिक गुणस्तर खस्किन थालेको छ । स्वास्थ्य शर्तकता अपनाएर भौतिक रुपमै विद्यालय संचालन गर्नुपर्छ ।’

तेस्राे लहरमा १ सय ४३ जनालाई कोरोना संक्रमण

जिल्लामा कोरोना संक्रमण कायमै रहेको छ । जिल्लामा कोरोनाको तेस्रो लहर फैलिएसँगै हालसम्म १ सय ४३ जनामा संक्रमण देखिएको छ । कोरोनाको तेस्रो लहर फैलिएसँगै पौष अन्तिमदेखी माघ मसान्तसम्म १ सय ४३ जनालाई संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलखले जनाएको छ ।
दैलेखमा जिल्लामा संचालित आरटी पिसिआर र एन्टिजेन विधिवाट एक महिनाको अवधिमा ४ सय ३२ जनामा गरिएको परिक्षणमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको हो । जिल्लामा पछिल्लो २४ घण्टामा ४ जनामा गरिएको परिक्षणमा ४ जनालाई नै संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
कोरोना संक्रमण फैलिएसँगै हालसम्म जिल्लामा ३ हजार ८ सय ७६ जनामा संक्रमण देखिएको छ । हालसम्म २९ जनाको कोरोना संक्रमणवाट मृत्यु भैसकेको छ । तर कोरोनाको तेस्रो लहर फैलिएपछि भने जिल्लामा कसैको पनि मृत्यु भने भएको छैन । जिल्लामा हालसम्म १ लाख २० हजार भन्दा वढि नागरिकले कोरोनाको पुणर् खोप लगाई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *