शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता : अध्यक्ष वुढा

मातृभूमी संवाददाता । ०३ फागुन दैलेख
गाउँपालिकामा रहेका विद्यालयको स्तरोन्नती गर्न गाउँपालिका निरन्तर लागि परेको नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढा मगरले वताएका छन् ।
नौमूले गाउँपालिका २ मा रहेको वीरेन्द्र आधारभुत विद्यालय निरगामा निर्माण हुन लागेको नयाँ भवन शिलान्यास कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले गाउँपालिकाभरी रहेका विद्यालयको स्तरोन्नतीका साथै शैक्षिक स्तर उकास्न निरन्तर लागि परेको र आगामी दिनहरुमा समेत आवश्यक मात्रामा वजेट विनियोजन गरीने वताए ।
अध्यक्ष वुढाले भने, ‘नौमूले गाउँपालिका धेरै नै विकट छ । विकटका वस्तीहरुमा पुग्नका लागी सडक संजालका साथै शिक्षा र स्वास्थ्यलाई विषेश प्राथमिकता दिएर काम गर्दै आईरहेका छौँ । आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यलाई विषेश प्राथमिकतामा राखेर काम गर्नेछौँ ।’
अध्यक्ष वुढाले विकटका वस्तीमा रहेका विद्यालयका पक्की भवन र खेल मैदान निर्माण गर्नुका साथै विद्यालयमा आवश्यक पर्ने सम्पुणर् जनशक्तिको व्यवस्था गर्न रतिभर पनि कसर वाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले गाउँपालिकामा रहेका विकट तथा दुर्गम वस्तिहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *