दुल्लु र नारायण नगरपालिका जाेड्न छामघाटमा पक्की पुल वन्ने

मातृभूमी संवाददाता । ०६ फागुन दैलेख
दैलेखको क्षेत्र नम्वर १ र २ जोड्ने महत्वकांक्षी पुलको शिलान्यास भएको छ । नारायण नगरपालिका ९ र दुल्लु नगरपालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा-कालभैरव मोटोरेबल पुलको शिलान्यास गरिएको हो ।
दुल्लु र नारायण नगरको सिमाना छामघाट खोलास्थित कइलकुनामा पक्कि पुलको शिलान्यास निर्वाचन क्षेत्र २ (क) का प्रदेश सांसद सुशील थापा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी लगायत जनप्रतिनिधिले संयूक्त रुपमा शिलान्यास गरेका हुन् । दुल्लु क्षेत्र हुँदै पश्चिम दैलेख जान पुल निर्माणपछि निकै सहज हुने छ ।
कर्णाली प्रदेश सरकारले ४ करोड ५७ लाख रुपैँया लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मार्फत पुल निर्माण गर्न थालेको हो । पुलको ११ मिटर चौडाई र ५० मिटर लम्वाई स्टिमेट रहेको छ । सपना आर.वी जेभीले पुल निर्माणको ठेक्का पाएको हो ।
पुलको काम धेरै गरेको उक्त कम्पनीले समयमै काम सकेर धेरै पुरस्कृत समेत भईरहेको छ । तोकिएको समय भन्दा छिटो पुल निर्माण सकिने लक्ष्य राखिएको सपना/आर.वी जेभीका प्रोप्राईटर रुपक थापाले बताए । ‘पुल निर्माणमा सवै तिर समय अगावै सम्पन्न भएका छन् ।’ सपना/आर.वी जेभीका प्रोपराईटर थापाले भने, यो पुल पनि सवैको सहयोग रह्यो भने कुनै पनि हालतमा दुई वर्षभित्र सक्ने लक्ष्य राखेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *