‘स्वच्छ, निष्पक्ष र मर्यादित निर्बाचन गराउन राजनीतिक दलको प्रतिवद्दता’

मातृभूमी संवाददाता । ०६ फागुन दैलेख
दैलेखमा १ सय ३६ मतदान स्थल र १ सय ९६ मतदान केन्द्र रहेका छन् । सदरमुकाममा भएको निर्वाचन संचालन तथा व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाभरी १ लाख ६६ हजार ६ सय १४ मतदाता रहेको जनाईएको छ । जिल्लामा ८३ हजार ८ सय १८ पुरुष मतदाता र ८२ हजार ७ सय ९६ महिला मतदाता गरी १ लाख ६६ हजार ६ सय १४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले वताईन् ।
सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले दैलेखका नेता तप्ता थापाले स्वच्छ, निष्पक्ष र मर्यादित निर्बाचन गराउन सम्पुर्ण राजनीतिक दल तयार रहेको वताईन् । नेता थापाले आगामी दिनमा मतदाता शिक्षा लगाएतका कार्यक्रम संचालन गरि निर्वाचन सफल पार्न जिल्लाका सम्पुर्ण राजनितिक दलहरुले आवश्यक सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरीन् ।
यस्तै नारायण नगरपालिका दैलेखका कार्यबाहक नगरप्रमुख वीरबहादुर कटुवालले नगरपालिकाले निर्वाचन सफल पार्न गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको वताए । साथै नगरपालिका र वडाबाट गर्नुपर्ने सहयोग गर्न समेत तत्पर रहेको कार्यबाहक नगरप्रमुख कटुवालले जानकारी दिए ।
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी काउचाले सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको भन्दै आशन्न स्थानीय तहको निर्वाचन सफल पार्न सम्पुर्ण सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने वताईन् । उनले आशन्न निर्वाचन स्वच्छ, मर्यादित र निष्पक्ष रहित वनाउन जिल्लाका क्रियाशिल राजनितिक दल, संचारकर्मी लगाएतको भुमिका महत्वपुर्ण हुने वताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *