टी–२० विश्वकप छनाैटमा फिलिपिन्सलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

मातृभूमी संवाददाता । ०७ फागुन काठमाण्डाै

टी–२० विश्वकप छनाैटमा फिलिपिन्सलाई हराउँदै नेपाल ग्लाेवल क्वालिफायरकाे सेमिफाइनल नजिक पुगेकाे छ । फिलिपिन्सलाई  १ सय ३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनाैट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको हाे ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २ सय १९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा समेट्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।

कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिएका थिए । यसैगरी गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए । फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्का सहित अविजित १०४ रन बनाएका थिए । उनको यो टी-२० अन्तराष्ट्रियमा पहिलो शतक हो । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *