अन्धकारमा गैरागाँऊवासी

मातृभूमी संवाददाता । ०७ फागुन दैलेख
गत वर्षको पहिरोले क्षति पुर्‍याएको ठाँटिकाँध गाउँपालिका-४ को देउतीस्थान लघुजलविद्युत आयोजना अझैसम्म पुर्नःनिर्माण हुन सकेको छैन । २०६६ सालमा वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्र, हिमालयन हाईड्रो र स्थानीय वाल क्लवको ६० लाखको लागतमा निर्माण गरिएको आयोजनालाई गत वर्षको पहिराले क्षति गरेको थियो । २०७७ साल भदौ २ गते राति आएको भिषण वर्षासँगैको पहिरोले आयोजना पुणर्रुपमा क्षति भएको जलविद्युत हालसम्म पनि पुर्नःनिर्माण हुन सकेको छैन ।
पहिरोले आयोजनामा क्षति पुगेर पुर्नःनिर्माण नहुँदा यहाँका नागरिक अन्धकारमा वस्न वाध्य भएको स्थानीयले वताएका छन् । आयोजना वन्द भई विद्युत आपुर्ति नहुँदा विद्यार्थीहरुको पढाई प्रभावित भएको मंगल आधारभुत विद्यालय वाँचपानीका प्रध्यानाध्यापक खगेन्द्र शाहीले वताए । प्रध्यानाध्यापक शाहीले भने, ‘विद्युत निर्माण भई नियमित हुँदा विद्यार्थीको पढाईमा उल्लेख्य प्रगति भएको थियो । उज्यालो हुँदा विद्यार्थीमा पढ्नुपर्छ भन्ने भावनाको जागृत भएको थियो । विद्यार्थीहरु राति अवेरसम्म पढ्थे । विद्यालयमा प्रश्नपत्र वनाउँदा, फोटो कपी गर्दा पनि सहज भएको थियो । जिल्ला सदरमुकाममा हुने काम गाउँमै हुन्थ्यो । विद्युत आपुर्ति नहुँदा आफुहरु दृष्टिविहिन जस्तै भएका छौँ । कसै-कसैको घरमा सोलार भएपनि सवैको घरमा सोलार छैन । अन्धकारमा वस्न वाध्या छौँ ।’
स्थानीय र प्रदेश सरकारले सहयोग गरे वत्ति वाल्न पाउँछौँ भन्ने आशा रहेको स्थानीय टिकाराम कठायतले वताए । स्थानीय तथा प्रदेश सरकारले पुर्नःनिर्माण गर्छौँ भन्ने आश्वास दिएको भएपनि हालसम्म पुर्नःनिर्माणका लागी कसैले पहल नगरेको स्थानीयवासी टिकारामले वताए ।
१६ किलोवाट क्षमताको लघुजल विद्युत आयोजनावाट यहाँका २ सय ९ घरपरिवारले अँध्यारोवाट मुक्ति पाएका थिए । अहिले विद्युत अवरुद्ध हुँदा विद्यालयको पठनपाठन तथा आधारभुत स्वास्थ्य केन्द्रको सेवा प्रवाह समेत प्रभावित भएको छ । विद्युत नियमित हुँदा यहाँका ५ वटा विद्यालय र आधारभुत स्वास्थ्य केन्द्रको सेवा प्रवाहमा सहजता भएपनि विद्युत अवरुद्ध हुँदा समस्या भएको स्थानीय वुद्धिजीवी प्रेमवहादुर शाहीले वताए ।
कणर्ाली प्रदेश सभाका सभामुख राजवहादुर शाहीले पहिरोले उजाडिएको आयोजनाको स्थलगत अवलोकन गर्दै पुर्नःनिर्माण गर्ने आश्वासन दिएको स्थानीय नमराज कठायतको भनाई छ । स्थानीयवासी नमराजले भने, ‘कणर्ाली प्रदेश सभाका सभामुख राजवहादुर शाहीले स्थलगत अनुगमन गरी आयोजना पुर्नःनिर्माण गर्ने आश्वासन दिनुभयो । आयोजना उजाडिएको डेढ वर्ष पुग्यो तर अहिलेसम्म काम शुरु हुन सकेको
छैन । योजनाका लागी आएको वजेट विभिन्न वाहानामा काम नहुँदा फ्रिज हुने गरेको छ । तर अहिलेसम्म कामको सुरसार नै हुन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published.