दैलेख कारागारका एघार कैदीको सजाय मिनाह

मातृभूमी संवाददाता । ०७ फागुन दैलेख
प्रजातन्त्र दिवसको अवसरमा दैलेख कारागारमा कैद भुक्तान गरिरहेका ११ जनाको कैद मिनाह गरिएको छ । दैलेख कारागारमा सजाय भोगिरहेका र असल आचरण देखाएका ११ जना कैदीको बाँकी सजाय मिनाह गरिएको हो । ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी दिई उनीहरुलाई रिहा गरिएको दैलेख कारागारका जेलर तिलक प्रसाद न्यौपानेले बताए ।
उनका अनुसार कर्तब्य ज्यान मुद्धाका २, चोरी मुद्धाका १ र बहुविवाह मुद्धामा जेल सजाय भोगिरहेका ८ जना गरी ११ जनाको बाँकी कैद माफी गरिएको जेलर न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *