राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दैलेखका ६५ विद्यालय छनौट

मातृभूमी संवाददाता । १२ फागुन दैलेख
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत दैलेखका ६५ वटा विद्यालय छनोटमा परेका छन् । भौतिक संरचना जीर्ण बन्दै गएका र प्रत्येक वर्ष शैक्षिक अवस्था खस्किदै गएका बेला शैक्षिक सुधारको लागि दैलेखका ६५ विद्यालय छनोटमा परेका हुन् ।
चालु आर्थिक वर्षमा सिफारिस गरिएका २ सय ७८ मध्ये ६५ वटा विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।
इकाई प्रमुख थापाका अनुसार जिल्लाको नारायण नगरपालिकाका ६, दूल्लु नगरपालिकाका ८, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका ९, आठबिस नगरपालिकाका ६, महाबु गाउँपालिकाका ५ र ठाँटीकाध गाउँपालिकाका ५ विद्यालय छनोटमा परेका छन् ।
यसैगरी जिल्लाको गुराँस गाउँपालिकाका ५, भैरवी गाउँपालिकाका ४, डुंगेश्वर गाउँपालिकाका ६, नौमुले गाउँपालिकाका ५ र भगवतीमाई गाउँपालिकाका ६ वटा गरी जिल्लाका कुल ६५ विद्यालय सिफारिसमा परेका हुन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चार कोठे भवन निर्माणका लागि ३६ लाख, दुई कोठे भवन निर्माणका लागि १८ लाख र आईसीटि ल्याब व्यवस्थापनका लागी ६ लाख ५० हजारका दरले रकम विनियोजन भएको इकाई प्रमुख थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *