आवश्यक रकम गाउँपालिकाले सहयोग गर्छ : अध्यक्ष वुढा

मातृभूमी संवाददाता । १४ फागुन दैलेख
विद्यालयको भवन निर्माणको क्रममा अपुग आवश्यक रकम गाउँपालिकाले सहयोग गर्ने नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताएका छन् । नौमूले गाउँपालिका वडा नं. १ मा रहेको भवानी आधारभुत विद्यालय राईलीको दुई कोठे भवन शिलान्यास कार्यक्रममा वोल्दै अध्यक्ष वुढाले आवश्यक अपुग रकम गाउँपालिकाले सहयोग गर्ने वताएका हुन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको २० लाख लागतमा निर्माण हुन लागेको २ कोठे भवनको शुक्रवार शिलान्यास गर्दै अध्यक्ष वुढाले गाउँपालिकाभरीका विद्यालयको भौतिक पुर्वाधार निर्माणका लागी गाउँपालिका सँधै तत्पर रहेको वताए । अध्यक्ष वुढाले भने, ‘सामाजिक विकास मन्त्रालयले २ कोठे भवन निर्माणका लागी २० लाख उपलव्ध गराएको छ । वाँकी अपुग रकम गाउँपालिकाले सहयोग गर्छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिएको छ ।’
यस्तै गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहले आफ्नो कार्यकालमा गाउँपालिकामा शिक्षा, स्वास्थ्य लगाएतका पुर्वाधार निर्माणमा विषेश ध्यान दिएको वताईन् । उपाध्यक्ष सिंहले भनिन्, ‘हामीले हाम्रो पाँच वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य लगाएतको पुर्वाधार निर्माणमा विषेश योजना वनाउँदै आएका छौँ । आगामी दिनहरुमा समेत शिक्षा र स्वास्थ्यमा आवश्यक रकम विनियोजन गर्छाँै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *