राष्ट्रिय सभा उपाध्यक्ष सहित २० सांसदको कार्यकाल शुक्रवारदेखी सकिंदै

मातृभूमी राजनितिक व्युराे । २० फागुन काठमाण्डाै

राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल सहित २० जना सांसदकाे कार्यकाल शुक्रवारदेखी सकिदै छ । सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । गत १२ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट १९ जना सांसदहरू निर्वाचित भइसकेका छन् । सहायक प्रवक्ता धमलाका अनुसार, उनीहरूको शनिबार पद तथा गोपनीयताको शपथ हुँदै छ ।

चारवर्षे कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सांसदहरूमा नेकपा (एमाले) का अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन् भने नेकपा (एकीकृत समाजवादी) का उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन् ।

यस्तै, नेपाली कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी, नेकपा (माओवादी केन्द्र) का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशिकला दाहालको कार्यकाल सकिएको छ । दाहाल राष्ट्रिय सभा उपाध्यक्ष हुन् । सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिंडारीको पनि कार्यकाल सकिएको छ ।

शनिबार गोपालकुमार बस्नेत, सोनामगेल्जेन शेर्पा, जयन्तीदेवी राई, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त, भुवनबहादुर सुनार, सुरेश आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह, जगदबहादुर पार्की र नारायणदत्त मिश्रले पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्ने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *