जिर्ण वन्दै नारायणका सार्वजनिक शौचालय, वर्षाैदेखी प्रयाेगविहिन

मातृभूमी संवाददाता । २१ फागुन दैलेख
दैलेख सदरमुकाममा निर्माण गरिएका सार्वजनिक शौचालय अझै प्रयोगमा आएका छैनन् । नारायण नगरपालिका दैलेखले सर्वसाधारणका लागि भन्दै करिव ५० लाखभन्दा बढी खर्च गरेर निर्माण गरेका ४ वटा सार्वजनिक शौचालय अझै प्रयोगमा आउन सकेका छैनन् ।
सर्वसाधारणहरुको पहुँच भन्दा टाढा शौचालय निर्माण गर्दा अझै प्रयोगमा नआएको स्थानीयको भनाई छ । शौचालय प्रयोग विहिन हुँदा जिणर् हुँदै गएका छन् । ३ वटा शौचालय पायक नपर्ने स्थानमा बनाएको र १ वटा विद्यालयभित्र बनाएका कारण सर्वसाधारण नागरिकले प्रयोग गर्न पाएका छैनन् भने भौतिक संरचना पनि जिणर् हुँदै गएको छ । शौचालय निर्माण गर्दा नागरिकको जनभावना नवुझेर निर्माण गर्दा प्रयोग विहिन र जिणर् हुँदै गएको स्थानीय वताउँछन् ।
सदरमुकामको डेकेन्द्र चोकदेखि पश्चिम २ सय मिटर भित्र, गणेश चोकदेखि ५० मिटर पुर्व उद्योग वाणिज्य संघको आडमा, त्रिभुवन माविको परिसर भित्र र भगवतीटोल स्थित पुरानो बसपार्कमा गरि चारवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । भगवती टोलस्थित बसपार्क अहिले बन्द छ । गणेशचौकमा बनाएको शौचालय उद्योग बाणिज्य संघको भवनसँगै रहेको छ । निर्माण सम्पन्नसँगै लगाइएको ताला अहिलेसम्म खुल्न सकेको छैन । डेकेन्द्र चोक नजिक रहेको शौचालय वन्द छ ।
नगरपालिकाले शौचालय संचालनका लागि ठोस कार्ययोजना नबनाउँदा शौचालय प्रयोग विहिन र जिणर् हुँदै गएको स्थानीय टोपेन्द्र थापाले वताए । नगरबासीले सदरमुकाममा शौचालय बनाएको पत्तो समेत नपाएको उनको भनाई छ । शौचालय निर्माण गरेपनि प्रयोगका लागी नगरपालिकाले अहिलेसम्म ध्यानै दिन नसकेको उनको आरोप छ ।
उनले भने, ‘शौचालय निर्माण भएदेखि अहिलेसम्म जाने बाटो र शौचालयमा ताला छ । सफा गर्ने र निश्चित पैसा उठाउनका लागि मान्छे राख्ने नगरपालिकाले सोच समेत बनाएको छैन । सदरमुकाम आउने नागरिकहरु खाजा खाने बाहानामा होटल तथा आफन्तकै घरमा पुगेर शौच गर्न बाध्य छन् ।’
नगरपालिकाले अनावश्यक ठाउँमा लाखौं रकम खर्च गरेको भएपनि नागरिकहरुलाई अत्यावश्यक ठाउँमा खर्चन नसकेको नगरबासीको गुनासो छ । नगरपालिकाले शौचालय सुधार गरेर प्रयोगमा ल्याउने वताएपनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन् । सदरमुकाममा सार्वजनिक शौचालय निर्माण गर्न नगरपालिकाले ५० लाख बढी खर्च गरिसकेको छ ।
शौचालय प्रयोग विहिन भएको वर्षौ विति सक्दा पनि शौचालयलाई प्रयोगमा ल्याउनका लागी हाल सम्म पनि नारायण नगरपालिकाले कुनै ठोस योजना वनाउन सकेको छैन । नारायण नगरपालिकाले सार्वजनिक महत्वका संरचना निर्माण गर्दा आम नागरिकको पहुँच पुग्ने स्थानमा निर्माण गर्न जरुरी रहेको स्थानीय वुद्धिजिवीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *