भवानीका कृषक समुहलाई वाख्रा वितरण
मातृभूमी संवाददाता । २७ फागुन दैलेख
कृषि तथा पशुपालन कृषक समुह नारायण नगरपालिका १० कृषकहरुलाई वाख्रा वितरण गरिएको छ । पशु सेवा विभाग अन्तरगत साना व्यवसाय प्रवद्र्धन कार्यक्रमको सहयोगमा नारायण नगरपालिका १० का १५ जना कृषकलाई बाख्रा वितरण गरिएको हो । सो समुहका १५ जना कृषकलाई प्रति व्यक्ति ५ का दरले बाख्रा र समुहका लागि एक वटा वोका समेत वितरण गरिएको छ । न्यून आय भएका कृषक समुहलाई आय स्तरमा वृद्धि गर्ने उद्देश्यले कृषक समुहका सदस्यहरुलाई बाख्रा वितरण गरिएको नारायण नगरपालिका पशु विकास शाखाका संयोजक सुर्य बिकले वताए । राना कृषि तथा पशुपंक्षी फर्म नारायण नगरपालिका ६ विजौरावाट खरिद गरी वितरण गरिएको थियो ।
नारायण नगरपालिकाका ४, ७, १० र ११ नं वडाका कृषक समुहलाई तीन सय बाख्रा तथा ४ वटा बोका वितरण गर्ने कार्यक्रम अनुसार १० नं. वडाका कृषक समुहलाई पहिलो पटक वितरण गरिएको हो । साथै बाख्राको विमा, औषधी, पशुपरिक्षण तथा तालिमको पनि कार्यक्रम रहेको पशु स्वास्थ्य प्राविधिक चित्रबहादुर प्याकुरेलले वताए । विजौरामा रहेको राना कृषि तथा पशुपंक्षी फर्ममा वाहिरी जिल्लावाट समेत खसी बाख्रा खरिदका लागि आउने गर्दछन् ।