कर्णालीमा डुबेर भारतीय नागरिक बेपत्ता

मातृभूमी संवाददाता । २८ फागुन दैलेख
कर्णाली नदिमा डुबेर एक भारतीय कामदार बेपत्ता भएका छन् । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणको काममा कार्यरत कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
कर्णाली नदिमा निर्माणाधिन पुलमा काम गर्दै आएका पश्चिम बंगाल भारतका १८ बर्षिय रविन्द्र मण्डल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए । प्रहरी निरीक्षक सुनारका अनुसार कर्णाली नदीमा पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका हुन् ।
शनिवार बिहान ११ बजे मण्डल बेपत्ता भएका हुन् । साथीसँग नदी वारपार गर्न खोज्दा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय बासिन्दाले मण्डलको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक सुनारले बताए । उनको माछा मार्ने जाल तथा काठको डुंगाको साहाराले खोजी कार्य भईरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *