दैलेखमा दुग्धजन्य पदार्थ उत्पादन सम्वन्धी तालिम सम्पन्न

मातृभूमी संवाददाता । ३० फागुन दैलेख
दैलेखमा स्वच्छ दुध संकलन तथा दुग्धजन्य पदार्थ उत्पादन सम्वन्धी तिन दिने तालिम साेमवार सम्पन्न भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको आयोजनामा संचालन भएको तालिममा विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा वजारीकरण सम्वन्धी तालिम दिईएको थियो ।
तिन दिने तालिममा सहभागी भएका गोबिन्द प्रसाद जैसीले बिगतका दिनमा दुग्धजन्य बिषयमा जानकारी नभएको र तालिममा धेरै कुरा सिक्ने अवसर पाएको वताए । जैसीले दुग्धजन्य पदार्थ बनाउँदा मात्रा मिलाउन नजान्दा धेरै बिग्रेको अनुभव सुनाउँदै तीन दिने तालिमबाट सिकेको सिपले आगामी दिनहरुमा दुग्धजन्य पदार्थ बनाउन सजिलो हुने वताए ।
यस्तै तिन दिने तालिमका प्रशिक्षक दुग्ध बिकास सस्थानका अर्जुन पन्थीले दूध खरिद गर्ने पद्धति नै असजिलो रहेको वताए । उनले बजारको माग केछ त्यो बुझेर दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने भन्दै विशेष गरि जिल्लाको पहिचान हुनेगरी दुग्धजन्य बस्तु उत्पादन गर्न सुझाव समेत दिए ।
तालिमको समापन गर्दै पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भिम बिष्टले जिल्लाका विभिन्न ठाउँबाट दूध बाहिरी जिल्ला गैरहेको वताए । कार्यालय प्रमुख विष्टले जिल्लामै दूध संकलन गरि दुग्धजन्य पदार्थ निर्माण गर्दै जिल्ला बाहिर पठाउने गरि तालिमको आयोजना गरिएको जिकिर गरे ।
उनले जिल्लामा गुणस्तरयुक्त दूध उत्पादन र संकलन गर्न तालिमका सहभागीहरुलाई अनुरोध गरे । कार्यालय प्रमुख विष्टले गर्दै जाँदा सिकिने भएकाले आगामी दिनमा ब्यबासायिक रुपमा लाग्न सुझाव समेत दिए ।
सहभागीहरुले तिन दिने तालिमबाट दहि, पनिर, लस्सी, मिठाई लगाएतका नौ प्रकारका दुग्धजन्य पदार्थ निर्माण गर्न सिकेको र आगामी दिनमा यसलाई व्यवसायिक रुपमा नै अगाडी वढाउँदै आत्मनिर्भर वन्ने वताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *