भिरवाट खसेकाे ढुंगाले लागेर कार्यालय सहयोगीको मृत्यु
मातृभूमी संवाददाता । ०३ चैत दैलेख
दाउरा काट्दै गर्दा भीरबाट खसेको ढुंगाले लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका वडा नं. ६ का कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको प्रहरी चौकी वेस्तडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिएका छन् ।
घर नजिकैको दाडीखोला भन्ने जंगलमा रुखमा चढेर काटेको सुकेको हाँगा भित्तामा ठोकिएर खसेको ढुंगा खत्रीको टाउकोमा लागेर घाइते भएपछि उपचारको लागि दैलेख सदरमुकाम ल्याउदै गर्दा बाटोमा ज्यान गएकाे असई सारुले बताए ।
घरकै भाई र छिमेकी समेत दाउरा काट्नसंगै गएका कारण घाइतेलाई तत्काल उद्धार गरेर जिल्ला अस्पताल ल्याउँदै गर्दा भगवतीमाई गाउँपालिका-१ हुलाक टाकुरा पुग्दा प्राण गएको मृतकका बुबा दिलबहादुर खत्रीले बताए ।