तरुण दलका अध्यक्षले भाँचिदिए जनमुक्ति सेनाका कमान्डरकाे हात

मातृभूमी राजनितिक व्युरो । ०३ चैत दैलेख
नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसीएल)का कर्णाली प्रदेश कमिटी सदस्य तथा पुर्व जनमुक्ति सेनाका कमान्डर दल बहादुर बस्नेत (कोशेली) माथी तरुण दल दैलेखका जिल्ला अध्यक्षले आक्रमण गरि हात भाँचिदिएका छन् । दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीका स्थानीय बस्नेत सुर्खेतदेखि उपचार गरेर घर फर्किने क्रममा मदिरा सेवन गरि बसेका तरुण दल दैलेखका अध्यक्ष लालबहादुर चन्दले गालि गलौज गर्नुका साथै आक्रमण गर्दा बस्नेतको हात भाचिएको वाईसीएल दैलेखका इन्चार्ज गोपाल वहादुर वुढाले वताए ।
वस्नेतको जिल्ला अस्पताल दैलेखमा उपचारपछि थप उपचारका लागि सुर्खेत लगिएको छ । सल्लेरीकै एक पसलमा मदिरा सेवन गरि साथिहरुसँग बसेका चन्दले सुरुमा निहुँ खोज्दै माओवादी चोर, योजनाहरुमा कांग्रेसलाई सहभागी नगराउने भन्ने आरोप लगाएको पिडित बस्नेतले बताए । त्यसको खण्डन गर्न खोज्दा चन्दले आक्रमण गरेर हात भाँचिदिएको पिडित बस्नेतले बताएका छन् ।
यता पिडक भनिएका तरुण दैलखका अध्यक्ष लालवहादुर चन्द आफुसँग कुनै किसिमको झगडा नभएको प्रतिक्रिया दिएका छन् । ‘हामीसँग सामान्य कुरा भएपछि उहाँ मोटरसाईकल चढेर जानुभयो । केहि अगाडी गैसकेपछि मोटरसाईकल दुर्घटना भएर हात भाँचिएको हुन सक्छ’ अध्यक्ष चन्दले भने । यसलाई राजनितिकरण गर्न खोजिएको उनले प्रतिक्रिया दिए ।

दोषीलाई कारवाही गर्न वाईसीएल जिल्ला इन्चार्जको माग

वाईसीएल नेपाल नौमुले गाउँपालिका इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्य दलबहादुर बस्नेत (कोशेली) माथी गरिएको आर्कमणको भत्र्सन गर्दै दोषीलाई कारवाही गर्न माग गरिएको छ । वाईसीएल दैलेखका इन्चार्ज गोपाल वहादुर वुढाले प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय लालबहादुर चन्दको समुहले गरेको आक्रमणको घोर भत्र्सना गर्दै सत्यतथ्य छानविन गरी दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नुका साथै पिडितलाई न्याय दिलाउन वाईसीएल दैलेखका इन्चार्ज बुढाले जारी गरेको विज्ञप्तीमा माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *