एकिकृत समाजवादीकाे अगुवा कार्यकर्ता भेला सम्पन्न

मातृभूमी राजनितिक व्युराे । ०४ चैत दैलेख
नेकपा (एकिकृत समाजवादी) दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र (ख) समन्वय कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि एकिकृत समाजवादीका केन्द्रिय सदस्य एवं दैलेख जिल्ला इन्चार्ज तर्कवहादुर शाहीले नेकपा एमालेमा ब्यक्तिबादी हाबी हुँदै गएको र त्यसले लोकतान्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजबादी पार्टी बनाउनु परेको वताए । उनले जुन पार्टीमा ब्यक्तिबादि हाभी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन नसक्ने बताउँदै त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भबिष्य उज्वल रहेको वताए ।
भेलामा एकिकृत समाजवादी दैलेखका अध्यक्ष वरुनाथ योगीले परिवर्तित अवस्थामा पार्टी र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधी संचालन गरिने वताए । अध्यक्ष योगीले प्रभावकारीरूपमा राजनीतिक गतिविधि संचालन गर्नुका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्ने धारणा राखे ।
एकिकृत समाजवादी दैलेखका युवा नेता हेमन्त दशौंदीले पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणी सहित पास गरेको वताउँदै व्याख्यात्मक टिप्पणी एमसीसी मुख्यालयले पनि स्वीकारेको वताए । उनले एमसीसीमा भएका केहि प्रावधानहरु सच्याएर पास गर्नु नै देश र जनताको जित भएको वताए ।
आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूणर् शक्तिलाई परिचालित गरेर पहिलो पार्टी वनाउन लागिपर्ने प्रदेश कमिटि सदस्य भुपेन्द्र वहादुर शाहीले वताए । उनले ‘कलम हातमा, जनताको साथमा’ भन्ने नाराका साथ वस्ती-वस्ती र टोल-टोलमा पुगेर एकिकृत समाजवादी पार्टी जिताउने कार्यक्रम संचालन गरिने समेत वताए ।
अगुवा नेता कार्यकर्ता भेलामा वोल्ने अधिकांस नेताहरुले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली कम्युनिस्ट आन्दोलन र देशका लागि हानीकारक देखिएको वताए । प्रदेश समन्वय कमिटिका अध्यक्ष नमन कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश कमिटि सदस्यहरु गोकणर् माझि, सुस्मिता सिंह, अनेरास्ववियु दैलेखका अध्यक्ष रोहित लामिछाने, अखिल नेपाल किसान महासंघ दैलेखका अध्यक्ष जगत शर्मा लगाएतका नेताहरुले आ-आफ्नो धारणा राखेका
थिए । यहि चैत्र ५ देखी २० सम्म एकिकृत समाजवादी पार्टीको घरदैलो अभियान संचालन हुने नेकपा एकिकृत समाजवादी पार्टी दैलेखले जानकारी दिएको छ । भेलामा ३० जनाभन्दा वढि नेता कार्यकर्ताले नेकपा एमाले पार्टी परित्याग गरी एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *