पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजाय माग

मातृभूमी संवाददाता । ०८ चैत तनहुँ
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले मंगलवार जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर राय सहितको प्रतिवेदन सोमवार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय माग सहित मुद्दा दर्ता गरिएको जानकारी दिए । उनका अनुसार शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।
‘पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद दाबीसहित मुद्दा दर्ता गरेका छौँ’, उनले भने, ‘साथै मनासिव क्षतिपूर्तिको माग दाबी गरेका छौँ ।’ नायक शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध यो सजायको आधा सजाय माग गरिएको पनि उनले बताए । जोशीलाई मतियारका रूपमा शाहको भन्दा आधा सजाय मागदाबी गरिएको उनले जानकारी दिए । गएको फागुन ११ गते नाबालिगले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको त्यो दफामा महिलाको मन्जुरी नलिइ करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मन्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *