दैलेखको त्रिभुवन माध्यामिक विद्यालय नयाँ वजारमा तालावन्दी
मातृभूमी संवाददाता । ११ चैत दैलेख
त्रिभुवन माध्यामिक विद्यालय नयाँ वजार दैलेखमा तालावन्दी गरिएको छ । विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विभिन्न ६ वुँदे माग राख्दै तालावन्दी गरिएको हो । विद्यालय प्रशासनले ऐन, नियमावली विपरित व्यवस्थापन समिति गठनका लागि एकलौटी ढंगले निर्वाचनको मिति तोकेर प्रक्रिया अघि वढाएको भन्दै विद्यालयमा तालावन्दी गरिएको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
विद्यालय व्यवस्थापन समिति निर्वाचनको तालिका र मिति शिक्षा नियमावली विपरित घोषणा गरिएको, मतदाता नामावली प्रकाशन र अभिभावक भेला रितपुर्वक नभएको, उम्मेदवार मनोनयन दर्ता लिएको तर उम्मेदवार मनोनयन फिर्ता लिने समय तालिका नभएको, उम्मेदवारको दावी विरोधको समय भएको तर उम्मेदवार उपरको दावी विरोध माथि छानविनका लागी निवेदन दिँदा सुनुवाई नगरेको, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने उल्लेख भएपनि सवै उम्मेदवार वीचमा छलफल नै नगरी एकतर्फी निणर्य गरेको र उम्मेदवारको विद्यार्थी फरक-फरक विद्यालयमा भर्ना भएको र त्रिभुवन माध्यामिक विद्यालयमा हाजिरी नभएको उम्मेदवारहरु गणेश वहादुर वुढा (वि.सी.), दिपक सिजापती (ऋषी) लक्ष्मी सोनी र लिला खत्री (थापा)ले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘ऐनको दफा १२ को उपदफा १ को खण्ड (क) र (ख) वमोजिम सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरु छनौट गर्ने प्रयोजनका लागी शैक्षिक सत्र शुरु भएको तिस दिन भित्र कम्तिमा ७ दिनको सुचना दिई अभिभावकको भेला गराउनु पर्ने व्यवस्था भएपनि शैक्षिक सत्र सकिन १८ दिन वाँकी रहँदा निर्वाचनको मिति तय गरी उम्मेदवार मनोनयन दर्ता गराएको हुँदा विद्यालय प्रशासन प्रति घोर भत्र्सना गर्दछौँ । नयाँ शैक्षिक सत्र २०७९ मा आम अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समति गठन प्रक्रिया अगाडी वढाउन अनुरोध गर्दै अवैधानिक निर्वाचन प्रक्रिया तत्कालका लागी स्थगित गर्न माग गर्दछौँ । यदि स्थगित नभएमा सशक्त आन्दोलनका कार्यक्रमहरु तय गर्न वाध्य हुनेछौँ ।’