युवा युवतीलाई लागु औषध सम्वन्धी अभिमुखीकरण
अमित श्रेष्ठ (बबि) । ११ फागुन दैलेख
दैलेखको नारायण नगरपालिकामा युवा युवतीलाई ध्रुमपान, मद्यपान तथा लागु पदार्थ नियन्त्रण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युवा युवती स्वस्थ्य मन, नारायण नगरको सक्षम जन भन्ने नाराका साथ १६ देखि ४० बर्षका युवालाई स्थानीय सरकारले आबश्यक निति, नियम, निर्देशिका तयार गरेर योजना निर्माण गर्ने र यो उमेरमा साथीहरूको लहलहैमा लागेर खराव आदतमा फस्न सक्ने तर्फ ध्यान दिएर सचेतना कार्यक्रम संचालन गरिएको हो ।
बिशेषगरी धुम्रपान, मद्यपान र लागु औषध सम्बन्धि ज्ञान प्रदान गरि धुम्रपानको असर र स्वास्थ्यमा देखा पर्ने रोगहरू बारे शिक्षा प्रदान गर्ने र कुलतमा लाग्न बाट बचाउने मुख्य उद्देश्य रहेको नारायण नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक लालवहादुर खड्काले जानकारी दिए ।
यस कार्यक्रम अन्र्तगत नगरपालिका जनप्रतिनिधि र प्रधानाध्यापक सुरक्षा निकायको समन्वयात्मक बैठक, माध्यामिक बिद्यालय स्तरीय वक्तृत्वकला, बिद्याल मा स्वास्थ्य शिक्षा अभिमुखिकरण र समुदायका युवालाई अभिमुखिकरण गरिएको स्वास्थ्य शाखाका सहसंयोजक खड्काले वताए ।