नारायण नगरपालिका देवलकाँडाका कृषकलाई वाख्रा वितरण

मातृभूमी संवाददाता । १३ चैत दैलेख
दैलेखको नारायण नगरपालिका ४ देवलकाँडाका कृषकलाई वाख्रा वितरण गरिएको छ । देवल महिला आय आर्जन वाख्रा प्रवद्र्धन कृषक समुह देवलकाँडाका किसानलाई उन्नत जातका वोका तथा वाख्रा वितरण गरिएको हो । समुहका १५ जना कृषकहरुलाई ७५ वटा वाख्रा र एक उन्नत जातको वोका वितरण गरिएको नारायण नगरपालिका पशुपंक्षि विकास शाखाले जनाएको छ ।
नगरपालिकाको साना व्यवसाय प्रवद्र्धन कार्यक्रमको सहयोगमा नारायण नगरपालिका ४ देवलकाँडाका १५ जना कृषकलाई प्रति व्यक्ति ५ वटाका दरले बाख्रा र समुहका लागि एक वटा वोका समेत वितरण गरिएको नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत भक्तवहादुर मल्लले वताए । प्रमुख प्रशासकीय अधिकृत मल्लले भने, ‘न्यून आय भएका कृषक समुहलाई आय स्तरमा वृद्धि गर्ने उद्देश्यले कृषक समुहका सदस्यहरुलाई बाख्रा वितरण गरिएको हो ।’
साथै बाख्राको विमा, औषधी, पशु परिक्षण लगाएतका विषयमा एक दिने तालिम समेत संचालन गरिएको नारायण नगरपालिकाका कृषि शाखा प्रमुख खेमराज शर्माले वताए । राना कृषि तथा पशुपंक्षी फर्म नारायण नगरपालिका ६ विजौरावाट खरिद गरी वाख्रा तथा उन्नत जातका वोका वितरण गरिएको नारायण नगरपालिका दैलेखका पशु स्वास्थ्य प्राविधिक चित्रवहादुर प्याकुरेलले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *