दैलेखमा ई-पासपोर्ट सेवा सुरु

मातृभूमी संवाददाता । १३ चैत दैलेख
जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाबाटै ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी बनाउन सुरु गरेको छ । सर्वसाधरणलाई सहज र छिटोका लागि जिल्लाबाटै ई-पासपोर्ट सुरुवात गरिएको हो । जिल्लाबाट विद्युतीय राहदानी बनाउन सुरु गरेको (शुक्रबार) पहिलो दिन ७ जनाको आवेदन संकलन गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार डाटा सुरक्षित रहनुका साथै किर्तेको सम्भावना कम रहन्छ । अनावश्यक खर्च नहुने र छोटो समयमा पासपोर्ट पाइनेछ । ई-पासपोर्ट सेवा सुरु भएसँगै सेवाग्राहीलाई पनि थप सहजता भएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
उनले भने, ‘फाराम भरेपछि प्रशासनमा सूचित गराएपछि प्रशासनले दिएको समयमा कार्यालयमा पुगेर फोटो र बायोमेट्रीकमा छाप, ल्याप्चे विधि पुरा गर्नुपर्ने हुन्छ । यति गरेपछि ई-पासपार्टको काम सकिन्छ ।
यसबाट सेवाग्राहीले पासपोर्ट फाराम भर्दा हुने खर्च र अनावश्यक झन्झट कम हुनुका साथै ई-पासपोर्टका लागि आफ्नो विवरण भर्ने र आफ्नो डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *