बस्ती सरेर जाजरकोट पुगे राउटे

मातृभूमी संवाददाता । १३ चैत दैलेख
कर्णाली, लुम्विनी र सुदुरपश्चिम पद्रेशका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदाय बस्ती सरेका छन् । सुर्खेतको सिम्ता गाउँपालिका ३ बाखर्कमा बसोबास गर्दै आएका राउटे समुदाय जाजरकोट तर्फ बस्ती सरेका हुन् । एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित राउटे परियोजनामा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार उनीहरु जाजरकोटको शिवालय गाउँपलिका १ मर्क बजार नजिकै बस्ती सरेका छन् ।
राउटे समुदाय सुर्खेतको सिम्ता गाउँपालिकामा झण्डै पाँच महिना बसोबास गरेका छन् । हाल जाजरकोटको शिवालय गाउँपालिकामा बसाई सर्दा सामान ओसार्न सिम्ता गाउँपालिकाले टिप्पर उपलब्ध गराएको थियो ।
समुदायमा सञ्चालित राउटे परियोजनाले राउटे समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । राउटे समुदायका नागरिकहरुको अधिकारका सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजना मार्फत जोडि शिक्षक, एक जना स्वास्थ्यकर्मी (अहेव) खटाईएको छ । परियोजनाले महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै एक जना अनमी समेत बस्तीमा खटाएको छ ।
मुख्यतया कणर्ालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे जातीमा रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको छन् । काठबाट कोसी, मुधुस, आरी बनाएर बेच्ने अर्थात् अनाजसँग साटेर आफ्नो गुजारा चलाउने गर्दछन् । कन्दमूल, गुना-बादरको मासु उनीहरुलाई विशेष मन पर्छ । आफ्नै परम्परागत रितीरिजाव, जीवनशैली, धर्मसंस्कार अंगाल्दै आएको यो जाति नेपालको संकटासन्न जातिमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *