दैलेख महावु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि कांग्रेसका आकांक्षीको चर्चा चुलिँदै
मातृभूमी राजनितिक व्युरो । १३ चैत्र दैलेख
स्थानीय तहको निर्वाचन नजिकिएसँगै दैलेखका क्रियाशिल राजनीतिक दलहरूका चुनावी गतिविधिले गाउँ, नगर र टोल वस्तीहरु तातिएका छन् । यहाँका क्रियाशिल हरेक राजनीतिक दल आन्तरिक रूपमा चुनावी प्रचारप्रसारमा लागिरहेका छन् । चुनावी माहोल ह्वात्तै बढेको देखिन्छ । जिल्ला तहका नेता पालिकास्तरमा, पालिका तहका वडा र टोलमा तथा केन्द्रीय तहका नेता जिल्लामा आउने र चुनावी लविङ्गमा लाग्ने गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागि हरेक दलका थुर्पै व्यक्ति लालायित देखिएका छन् । नेकपा एमाले, काँग्रेस र माओवादीका केहि नेताहरू टिकट पाउनका लागि नेताको घरदैलोमा जान थालेको देखिएको छ । अहिले टिकटका लागि लविङ्ग तीब्र चलिरहेको जानकारहरु वताउँछन् ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारका आकांक्षीहरु देखिन थालेका छन् । २०७९ बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा गाउँपालिका र नगरपालिका प्रमुखका आकांक्षी उम्मेदवारहरु सार्वजनिक हुने क्रम बढेको छ ।
यस्तै दैलेखको महाबु गाउँपालिकामा पनि नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि धेरै जनाको चर्चामा छ । महावु गाउँपालिकाको अध्यक्षका लागि लक्षमण गुरूङ, भलक भण्डारी, रमेश दशौँदी, वाँसुदेव उपाध्याय, सुबर्ण शाही र रामकृष्ण गुरूङले आकांक्षा देखाएका छन् ।
गाउँपालिकाका अध्यक्षका आकांक्षी नेता लक्ष्मण गुरूङ नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा जिल्लाका पुराना नेता हुन् । रमेश दशौँदी महावु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य र नेपाल निजामति कर्मचारी युनियन दैलेखका सल्लाहकार भएर काम गरिरहेका छन् ।
यस्तै भलक भण्डारी नेपाली कांग्रेस दैलेखका पुर्व जिल्ला कार्यसमिति सदस्य हुन् । भण्डारी नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीमा उदाएका युवा नेता हुन् । वाँसुदेव उपाध्याय क्षेत्रीय प्रतिनिधी एवं महावु गाउँपालिकाका युवा नेताका रुपमा परिचित छन् । भने रामकृष्ण गुरूङ नेपाली कांग्रेसको दैलेखको मंसिरमा सम्पन्न अधिवेशनमा निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) मा पराजित प्रदेश सभापति एवं हाल महावु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष हुन् । नेविसंघ हुँदै पत्रकारीताबाट राजनितिमा आएका सुवर्ण शाही पनि अध्यक्षका आकांक्षी हुन् । उनी हाल नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य हुन् ।
यसैगरी महावु गाउँपालिकाको उपाध्यक्षमा मन्जु पाण्डे, पुण्यप्रभा दशौँदी, सिता शाही र विन्दु कार्कि वुढा आकांक्षी देखिएका छन् । उपाध्यक्षको आकांक्षी मन्जु पाण्डे महाधिवेशन प्रतिनिधी हुन् भने यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष प्रेमकुमारी वुढासँग ६ सय ८१ मतले पराजित भएकी थिईन् ।
यस्तै उपाध्यक्षका आकांक्षी पुण्यप्रभा दशौँदी नेपाली कांग्रेस दैलेखको जिल्ला कार्यसमिति सदस्य हुन् भने २२ वर्ष जिल्ला शिक्षक संघ दैलेखको जिल्ला कार्यसमिति सदस्य, विशिष्ट सदस्य हुँदै नेपाल शिक्षक संघको पुर्व केन्द्रिय प्रतिनिधी तथा १२, १३ र १४ औं जिल्ला अधिवेशनको क्षेत्रीय प्रतिनिधी समेत रहेकी छन् ।
उपाध्यक्षका आकांक्षी सिता शाही नेपाली कांग्रेस दैलेखको जिल्ला कार्य समिति सदस्य रहेकी छन् । विन्दु कार्कि वुढा नेपाली कांग्रेस जिल्ला दैलेखको जिल्ला कार्य समिति सदस्य हुन् । उनले नेपाली कांग्रेसको दैलेखको मंसिरमा सम्पन्न जिल्ला अधिवेशनमा अत्याधिक मत ल्याएर जिल्ला कार्य समितिमा विजयी भएकी थिईन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले संस्थापन र संस्थापन ईतरबीच भागबण्डाका आधारमा टिकट बाड्ने नेताहरु वताउँछन् । सोही अनुसार आ-आफ्नो पक्षमा टिकट ल्याउनका लागी संस्थापन र संस्थापन ईतरवीचका नेताहरु लागि परिरहेका छन् । यस पालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टी तथा नेकपा एमाले र माओवादी केन्द्र नै मुख्य प्रतिष्पर्धी हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट विजयी भएका अध्यक्ष जंगवहादुर शाही र उपाध्यक्ष प्रेमकुमारी वुढा अहिले नेकपा एकिकृत समाजवादी पार्टीमा छन् । यसैले पनि नेपाली कांग्रेस र एकिकृत समाजवादी पार्टी तथा नेकपा एमाले र माओवादी केन्द्रवीच नै मुख्य प्रतिष्पर्धा हुने नेताहरुले वताउने गरेका छन् ।