खानेपानी योजनाको काम गर्ने क्रममा लडेर एक जनाको मृत्यु

मातृभूमी संवाददाता । १४ चैत दैलेख
दैलेखको महावु गाउँपालिकामा लडेर एक जनाको मृत्यु भएको छ । महावु गाउँपालिका ६ मा संचालित चिप्लेटी ओल्लो उत्तिसैनी खानेपानी तथा सरसफाई योजनाको काम गर्ने क्रममा स्थानीय ६३ बर्षीय सुर्यबहादुर शाहीको लडेर मृत्यु भएको हो ।
खानेपानी योजनाको पाइपलाइनमा काम गर्दैगर्दा भीरालो ठाउँमा खनिएको पाइपलाइनमा पाइप बिच्छ्याउने क्रममा लडेर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पाइप बिच्छ्याउने क्रममा लडेर घाइते भएका शाहीलाई उपचारका लागि दैलेख सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *