दैलेखका ११ तहमा चुनावी तालमेल गर्ने गठबन्धनको निणर्य

मातृभूमी राजनितिक व्युरो । २५ चैत दैलेख
आसन्न स्थानीय तह निर्वाचनमा दैलेखमा पनि सत्ता गठबन्धनमा रहेका चार दलले नेकपा एमालेविरुद्ध दैलेखका ११ स्थानीय तहमा तालमेल गरेर जाने निणर्य गरेका छन् । दलहरुको विहीवार बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर चुनावमा जाने निणर्य गरेका हुन् ।
बैठकले दैलेख जिल्लामा गठबन्धन आवश्यकता रहेको भन्दै केन्द्रको सहमती अनुसार नै दैलेखमा पनि तालमेल गरी निर्वाचनमा सहभागी हुने निणर्य गरेको नेपाली कांग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले जानकारी दिए ।
यस्तै निर्वाचनका सम्पूर्ण कामकारबाहीलाई व्यवस्थित गर्न ४ वटै पार्टीका प्रमुख सहित ७ सदस्यीय गठबन्धनको संयन्त्र तयार गर्ने, गठबन्धनको मर्ममा चोट पुग्ने कुनैपनि गतिविधि संचालन नगर्ने तथा अभिव्यक्ति नदिन सरोकारवाला सबैलाई निर्देशन दिने र पालिका तहमा अविलम्व जिल्लाकै मोडलमा संयन्त्र बनाउन निर्देशन दिने निणर्य भएको गठबन्धनद्धारा जारी अपिलमा उल्लेख गरिएको छ ।
अपिलमा लेखिएकोछ ‘जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिबिधि संचालन नगर्न तथा अभिव्यक्ति नदिन सरोकारवाला सवैलाई निर्देशन दिने र पालिका तहमा अविलम्व जिल्लाकै मोडेल अनुरुप सयन्त्र वनाई बैठक गर्ने निर्देशन दिने निणर्य गरियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *