दैलेखका ११ स्थानीय तहमा कुन पार्टी वलियो

मातृभूमी राजनितिक व्युरो । २९ चैत दैलेख
दैलेखमा स्थानीय तहको चुनावलाई लिएर नेताहरू पालिका दौडाहामा लागिसकेका छन् । आगामी चुनावमा कुन पार्टीबाट कसले टिकट पाउला भन्ने चासो बढेको छ । कुन पार्टीले जित्ला भनेर आकलन गर्न थालिएको छ । चुल्हो, चौको चिया पसलदेखि चोक-चौतारासम्मै फलानोले पायो भने जित्न सजिलो छ तर, त्यो मान्छेलाई फलानो पार्टीले उठायो भनेचाहिँ गाह्रो छ है भन्ने किसिमका विश्लेषण चल्न थालेको छ । दैलेखमा जताततै चुनाव लागेको छ ।
हरेक निर्वाचनमा के होला भनेर धारणा बनाउन अघिल्लो निर्वाचनको परिणाम हेरेर अनुमान गर्ने गरिन्छ । त्यसपछि अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिले गरेको काम र शैलीलाई हेरिने गरेको हुन्छ । त्यसैको आधारको पछिल्लो निर्वाचनले मत प्रभाव पार्ने गरेको तथ्यले देखाउँछ ।
सामान्यतया मतदाताको संख्यामा भएको घटबढ र अघिल्लो निर्वाचनमा पाइएको मतपरिणामलाई आधार मानेर चुनाव प्रक्षेपण गर्ने गरेको देखिन्छ । यस्तै यावत विषयलाई मध्यनजर गरेर हामीले दैलेखका सबै पार्टीको नाडी छाम्ने प्रयत्न गरेका छौँ । कांग्रेस-माओवादी-समाजवादी र जनमोर्चाले दैलेखमा चुनावी गठबन्धन गर्ने आपसी समझदारी गरिसकेका छन् । पालिका बाडफाडको मोडालिटी भने बनिसकेको छैन ।
अघिल्लो पटक ११ स्थानीय तहमध्ये २ नगरपालिका प्रमुख/उपप्रमुख र २ नगरपालिका मध्ये १ मा प्रमुख र १ मा उपप्रमुख सहित ७ वटा स्थानीय तहमा जितेको एमाले यसपाली एक्लै भिड्ने सुरमा छ, उ सँग गठबन्धन गर्नका लागि जिल्लामा अरु कुनै प्रभावशाली दल छैनन् । तर एमालेलाई हराउन नेपाली कांग्रेस-माओवादी केन्द्र-नेकपा एस र जनमोर्चा गठवन्धन गर्ने भन्दै सार्वजनिक अपिल जारी गरिसकेका छन् ।

दैलेखका ११ स्थानीय तहहरू मध्ये नेकपा एमालेका पालिका प्रमुख ६ र उपप्रमुख ४ छन् भने नेपाली कांग्रेसका पालिका प्रमुख ४ र उपप्रमुख ४ छन् । यसैगरी नेकपा एकिकृत समाजवादीका पालिका प्रमुख १ र उपप्रमुख ३ जना रहेका छन् । ९० वटा वडा रहेकाे दैलेखमा एमालेका ४१ जना वडाध्यक्ष छन् भने एमालेवाट फुटेर वनेकाे एकिकृत समाजवादीका ११ जना वडाध्यक्ष रहेका छन् । कांग्रेसका ३३ जना वडाध्यक्ष हुँदा नेमकिपाका ३, राप्रपाका १ र स्वतन्त्र वडाध्यक्ष १ छन् ।

यस्तो छ दैलेखका ११ गाउँ/नगरको वर्तमान अंक गणितः

१) आठवीस नगरपालिका
मतदाता संख्या : १६,५६७
प्रमुख : नेकपा एमाले
उप-प्रमुख : कांग्रेस
एमालेले जितेका वडा : १, ३, ४ र ५
कांग्रेसले जितेका वडा : २, ६, ७ र ८
नेमकिपाले जितेका वडा :

२) चामुण्डा विन्द्रासैनी नगरपालिका
मतदाता संख्या : १४,६३३
प्रमुख : एमाले
उप-प्रमुख : एमाले
एमालेले जितेका वडा : १, २, ४, ६, ८ र ९
कांग्रेसले जितेका वडा :
नेमकिपाले जितेका वडा : ३ र ७

३) दुल्लु नगरपालिका
मतदाता संख्या : २५,५२८
प्रमुख : कांग्रेस
उप-प्रमुख : एमाले
कांग्रेसले जितेका वडा : १, ४, ५, ७ र ८
एमालेले जितेका वडा : २, ३, ६, ९, १०, ११, १२ र १३

४) नारायण नगरपालिका
मतदाता संख्या : १७,८६७
प्रमुख : एमाले
उप-प्रमुख : एमाले (हाल एकिकृत समाजवादी)
एमालेले जितेका वडा : १, २, ३, ४, ५, ९, १० र ११
कांग्रेसले जितेका वडा : ६, ७ र ८

५) ठाँटिकाँध गाउँपालिका
मतदाता संख्या : १०,३७५
अध्यक्ष : एमाले
उपाध्यक्ष : एमाले (हाल एकिकृत समाजवादी)
एमालेले जितेका वडा : १, २, ३, ४ र ६
कांग्रेसले जितेका वडा :

६) भैरवी गाउँपालिका
मतदाता संख्या : १२,९३१
अध्यक्ष : एमाले
उपाध्यक्ष : एमाले
एमालेले जितेका वडा : १, २, ४ र ७
कांग्रेसले जितेका वडा : ३, ५ र ६

७) महावु गाउँपालिका
मतदाता संख्या : १२,१८१
अध्यक्ष : एमाले (हाल एकिकृत समाजवादी)
उपाध्यक्ष : एमाले (हाल एकिकृत समाजवादी)
एमालेले जितेका वडा : १, ४, ५ र ६
कांग्रेसले जितेका वडा : २ र ३

८) नौमूले गाउँपालिका
मतदाता संख्या : १२,८०६
अध्यक्ष : कांग्रेस
उपाध्यक्ष : कांग्रेस
कांग्रेसले जितेका वडा : २, ३, ५, ६ र ७
एमालेले जितेका वडा : १, ४ र ८

९) भगवतीमाई गाउँपालिका
मतदाता संख्या : ११,४९३
अध्यक्ष : एमाले
उपाध्यक्ष : एमाले
एमालेले जितेका वडा : १, २, ४ र ५
कांग्रेसले जितेका वडा :
स्वतन्त्रले जितेका वडा :
राप्रपाले जितेका वडा :

१०) डुङ्गेश्वर गाउँपालिका
मतदाता संख्या : १०,५८०
अध्यक्ष : कांग्रेस
उपाध्यक्ष : कांग्रेस
कांग्रेसले जितेका वडा : ३, ४, ५ र ६
एमालेले जितेका वडा : १ र २

११) गुराँस गाउँपालिका
मतदाता संख्या : १३,४९२
अध्यक्ष : कांग्रेस
उपाध्यक्ष : कांग्रेस
कांग्रेसले जितेका वडा : २, ३, ५ र ७
एमालेले जितेका वडा : १, ४, ६ र ८

Leave a Reply

Your email address will not be published. Required fields are marked *