बाख्राको मुल विउ पाएपछि किसानहरु खुसी

मातृभूमी संवाददाता । ०७ बैशाख दैलेख
आठबिस नगरपालिका १ सातालाका ६० घरपरिवारलाई व्यवसायिक बाख्रा पालनका लागि स्थानीय खरी जातका बाख्राको मूल बिउ वितरण गरिएको छ । एभरेष्ट क्लब दैलेखको सहजिकरण यूएनडिपि नेपालको आर्थिक सहयोग र आठबीस नगरपालिकाको संयुक्त साझेदारीमा संचालित कोभिड-१९ प्रतिकार्य र सामाजिक आर्थिक पुर्नःलाभ पुर्नःउत्थान परियोजनाद्धारा अति विपन्न, अपांग, एकल महिला, दलित तथा बैदेशिक रोजगार गुमाएका, भूमिहिन परिवारलाई परियोजनाको मापदण्ड अनुसार बाख्रा पालन व्यवसायका लागि मुल विउ वितरण गरिएको हो ।
कोभिडको कारण जोखिममा परेको समुदायको प्रतिकार्य स्वरुप सिघ्र पुर्नःलाभ तथा पुर्नःउत्थानका लागि आठबीस नगरपालिकाका १, ४, ७ र ९ मा संचालित उक्त परियोजनाले कृषि तर्फ जिविकोपार्जन सुधार र दिगो व्यबसायका लागि बेमौसमी, मौसमी तरकारी खेती, मसला बालीका साथै कुखुरापालन र बाख्रापालनका क्रियाकलापहरु संचालन गरेको थियो । सोही अनुसार सातालामा बाख्रापालनमा सहयोग गरी दिगो ब्यवसायिक बाख्रापानका लागि प्रति घरधुरी ५ वटाका दरले बयस्क स्थानीय क्रस खरी जातका बिउ बाख्रा वितरण गरिएको जनाईएको छ । ६० घरधुरीमा करिब २९ लाख बराबरका बाख्रा वितरण गरिएको हो । उक्त बाख्रा ब्यवस्थापनका लागि परियोजना मार्फत आधुनिक व्यवसायिक खोर निर्माण तथा मर्मतका लागि समेत प्रति घरधुरी ३७ हजारका दरले निर्माण सामाग्रिमा २२ लाख खर्च गरी सो कार्यलाई अन्तिम रुप दिएको छ ।
कृषकलाई जोखिमका हिसावले जोखिम न्यूनिकरण तथा व्यबस्थापनका लागि सम्पुणर् बाख्राको बिमा, स्वस्थताको प्रमाणपत्र र खोप लगाएका बाख्रा समुदायमा बितरण गरिएको छ । यस बाहेक आधुनिक खोर निर्माणार्थ समुदाय स्तरबाट पनि ठूलो मात्रामा स्वलगानी गरिएको छ । समुदाय स्तरमा पैतिस घरधुरीले ज्याला, मजदुरी, स्थानिय सामाग्रि प्रयोग आदि गरेर प्रत्येक घरधुरीले १४ फिट चौडा र २८ फिट लम्बाई भएको खोरका लागि करिब ६० लाख बराबर खर्च गरेका छन् ।
अनुगमनका क्रममा दातृनिकाय यूएनडिपिका प्रतिनिधिहरु र परियोजना सहजिकरणको जिम्मेवार निकाय एभरेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक कमल बहादुर खड्काले आफूहरु समुदायको स्वस्फूर्त अग्रसरता तथा लगानी र परियोजनाको क्रियालापबाट सन्तुष्ट रहेको बताए ।
स्थानिय स्तरमा रोजगारी सृजना गरी बिदेशिएका र बैदेशिक रोजगार गुमाएका युवाहरुलाई आफ्नै भूमिमा स्वरोजगार बनाउने, स्थानिय तथा जिल्ला स्तरमा बाख्रा बिउका लागि हवका रुपमा समुदायलाई परिणत र परिचित गराउने, व्यवसायिक तालिम दिने, प्रयाप्त घाँसको संरचना निर्माण गर्ने र पोषणयुक्त खाध समाग्रि निर्माण लगायतका योजना अन्र्तगतका क्रियाकलापहरु समुदायमा संचालन गरिएको
छ । परियोजनाले लिएको लक्ष्य अनुसार आगामि वर्ष दिनमा प्रति परिवारको मासिक आम्दानी १ लाख ५० हजार हुनेछ । समुदायले पाएको सुविधा तथा सेवाको सहितवरले आत्मसाथ गर्ने विश्वास परियोजनाले लिएको परियोजना संयोजक युवराज शाहीले जानकारी दिए ।
साथै समुदायले प्रतिवद्धता समेत जाहेर गर्दै आफूले पाएको सुविधाको भरपुर सदुपयोग गरी आफ्नो जीवनमा परिवर्तन ल्याउन परियोजनाको महत्वपूणर् भूमिका रहेको कृषक पहराम कामीले बताए । उनले भने, ‘परियोजनाले दिएको सहयोगको मात्र आश नगरी आफूहरुको समेत ठूलो लगानी यस कार्यक्रममा रहेकोले हामी सबैले अपनत्वबोध गरी तन मन समेत लगाएको र आगामि दिनमा अन्य समुदायका र स्वयं पालिका समेतले बिउ बाख्राका लागि स्थानिय श्रोत संरक्षण र उत्पादनमा अग्रणी समुदायका रुपमा आफूलाई चिन्नेछ भन्ने आशा लिएका छौँ ।’
संस्थावाट सहयोग पाएपछि आफ्नो र समुदायको जीवन सहज र परिवर्तन हुने भन्दै किसानहरु खुसी भएका छन् । व्यवसायको दिगो संरक्षणका लागि आठबीस नगरपालिकाले प्राविधिक सहयोग एवं समन्वयका लागि निरन्तर लागि रहने र आगामि दिनमा समुदायको समस्यालाई समाधान गर्न निरनतर लागि रहने आठवीस नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर शाहीले बताए । परियोजनाका आगामि क्रियाकलापहरु दातृ निकाय, पालिका र सहजिकरणको जिम्मेवार निकाय एभरेष्ट क्लबवीचको समन्वय तथा आपसि समझदारीमा तय हुने परियोजनाका संयोजक युबराज शाहीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *