पत्रकार महासंघ दैलेखका पुर्वअध्यक्ष शाही चामुण्डाको मेयरमा सिफारिस

मातृभूमी राजनितिक व्युरो । ०७ बैशाख दैलेख
नेपाल पत्रकार महासंघ दैलेख शाखाका पुर्वअधयक्ष नमन कुमार शाही दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरका लागि सिफारिस भएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले पुर्वअध्यक्ष शाहीको नाम मेयरका लागि सिफारिस गरेको हो ।
झण्डै १९ वर्षदेखी पत्रकारीता गरिरहेका शाहीले समूदायलाई नजिकबाट चिनेका छन् भने नगरपालिका तथा जिल्लामा जनताका लोकप्रिय नेताका रुपमा समेत चिनिन्छन् । शाहीले २०६० सालबाट पत्रकारीता शुरू गरेका हुन् ।
हाल नेकपा एकीकृत समाजवादी कणर्ाली प्रदेश कमिटि सदस्य समेत रहेका शाही समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रिय सदस्य समेत हुन् । विभिन्न संघ-संस्थामा समेत रहेर नागरिकसँग धेरै नै घुलमिल हुन सक्ने नेताका रुपमा परिचित छन् ।
शाहीले २०६२ सालमा दैलेखमा जिल्लाकै पहिलो पत्रीका धमाका साप्ताहिक सञ्चालन ल्याएका थिए । २०६४ सालमा दैलेखबाट प्रशारित जिल्लाकै पहिलो पञ्चकोशी एफ.एम.को समाचार प्रमुखको तथा सहायक स्टेशन म्यानेजरका रुपमा समेत काम गरेका थिए ।
यस्तै, दैलेखबाट विगत १० वर्षदेखी निरन्तर प्रकाशन हुँदै आएको हाम्रो तेस्रोआँखा दैनिकको प्रकाशक भएर काम गरिसकेका शाहीले २०६६ देखि २०६९ सालसम्म काठमाडौंमा रहेर गोरखापत्र राष्ट्रिय दैनिकमा पनि काम गरेका थिए । शाहीले २०६१ सालमा इन्सेकको जिल्ला प्रतिनिधिको रुपमा समेत काम गरिसकेका छन् ।
नेकपा एकिकृत समाजवादी पार्टीले चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा पत्रकार शाही लगाएत मनिशा कार्की र भुपेन्द्र शाहीको नाम समेत सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *