दैलेखका ७ गाउँपालिकामा एमाले र सत्तारूढ गठवन्धन दलको अवस्था

मातृभूमी राजनितिक व्युरो । ०९ बैशाख दैलेख
स्थानीय तहको निर्वाचन आउन अव २१ दिन मात्र बाँकी छ । केन्द्रमा वनेको चुनावी गठवन्धन अनुसार जिल्लामा पनि ४ दलिय गठवन्धन वनेको छ । जिल्लामा वनेको गठवन्धनले कुन गाउँपालिकामा कुन दलले अध्यक्ष लिने, कुन दलले उपाध्यक्ष लिने भन्नेवारे अझैं टुंगो लागेको छैन । जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच चुनावी गठवन्धन गर्ने निणर्य भएपनि यहाँ रहेका ७ गाउँपालिकाको नेतृत्व भागवण्डा भने भएको छैन ।
तर नेकपा एमाले दैलेखले भने केहि पालिकामा उम्मेदवारको टुंगो लगाई सकेको छ । चामुण्डा विन्द्रासैनी नगपालिका सुर्यवहादुर शाही, दुल्लु नगरपालिकामा रद्रवहादुर शाही र आठवीस नगपालिकामा तर्क वडुवाल लगभग निश्चित जस्तै भएको छ । यसैगरी एमाले दैलेखले नौमूले गाउँपालिमा शसिराम विश्वकर्मा उम्मेदवार वन्ने निश्चित जस्तै छ । भने अन्य पालिकामा टुंगो लागिसकेको छैन ।
२०७४ मा सम्पन्न स्थानीय तहको मत परिणामले पनि सत्तारुढ गठबन्धन र नेकपा एमाले यसवर्ष प्राप्त गर्ने सम्भावित मतको केही आकलन गर्न सकिन्छ । नयाँ मतदाताको निणर्य, उम्मेदवारको छनोट र स्थानीयस्तरमा उनीहरुको लोकप्रियता, यसअघि विजयी उम्मेदवार र पार्टीको कार्यकुशलता र गठबन्धनप्रति दलहरुको इमान्दारिताले यस पटकको मतपरिणामलाई प्रभावित पार्नेछ । नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले एमालेको कति हिस्सा प्रभावित पार्छ भन्ने अहिले खुलेको छैन । एकीकृत समाजवादीले एमालेमा पारेको क्षति स्थानीय तह अनुसार फरक हुन सक्छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले दैलेखका ११ वटा स्थानीय तहमध्ये ७ वटामा प्रमुख/उपप्रमुख जितेको थियो । ९० वटा वडामध्ये आधाभन्दा बढीमा एमाले हावी भएको थियो । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसले ४ वटा पालिकामा प्रमुख/उपप्रमुख सहित ३३ वडामा जितेको थियो भने नेकपा माओवादी जनमतका आधार तेस्रो शक्ति भए पनि कुनै पालिकामा जित हासिल गर्न सकेन । दैलेखमा नेपाल मजदुर किसान पार्टीले ३ र राप्रपाले एउटा वडा जितेका छन् ।
२०७४ मा बलियो शक्तिका रुपमा रहेको एमाले अहिले विभाजित छ । एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएको छ भने दैलेख एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाको गृह जिल्ला हो । त्यो हिसाबले दैलेखमा नेकपा एमालेलाई चुनौती थपिएको छ ।
दैलेखमा एमालेभित्रै एकता छैन । कणर्ालीका सभामुख राजबहादुर शाही र एमाले प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाहको गृह पालिका ठाटीकाँधमा उम्मेदवार छनोटमा धौधौ भएको छ । यद्यपि, एमाले दैलेखका इञ्चार्ज लक्ष्मी पोखरेल २०७४ को भन्दा बढी सीट ल्याउने दाबी गरेका छन् ।

२०७४ को अवस्था

ठाटीकाँध गाउँपालिका

यस पािलकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जितेको थियो । अध्यक्षमा धीरबहादुर शाहीले १ हजार ९ सय २४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका रक्षबहादुर शाहीले १ हजार ५ सय ६२, माओवादीका योगेन्द्रविक्रमराज थापाले १ हजार ३ सय ६ र नेमकिपाका जयबहादुर थापाले ८ सय ५८ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा एमालेबाट सुस्मिता सिंहले १ हजार ९ सय ७८ मत ल्याएर निर्वाचित भएकी थिइन् । उपाध्यक्ष सिंह एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा छन् । उपाध्यक्षमा काँग्रेसले दोस्रो र माओवादीले तेस्रो स्थानमा प्राप्त गरेका थिए ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा गठवन्धनको २ हजार ९ सय १५ मत हुन्छ भने एमाले गठवन्धन भन्दा ९ सय ९१ मतले पछाडी छ । ६ वटा वडा रहेको ठाँटिकाँधमा गठवन्धनको २ हजार ९ सय ३७ मत हुन्छ । यहाँ वडामा पनि नेकपा एमाले गठवन्धन भन्दा ७ सय ४२ मतले पछाडी छ । यस पालिकामा नेमकिपाको पनि राम्रो जनमत रहेको छ । यहाँ २ हजार १ सय ६० नयाँ मतदाता थपिएका छन् ।

भैरवी गाउँपालिका

यस पालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा एमालेले वर्चश्व जमाएको थियो । अध्यक्षमा एमालेका प्रेमबहादुर बुढाले ३ हजार ५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका जनार्दन ज्ञवालीले ३ हजार ७७ र माओवादीका मणिराम विष्टले ३ सय १ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेका पदमकुमारी विष्टले ३ हजार ४ सय ८३ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी वसन्ता थापाले २ हजार ९ सय ८२ र तेस्रो स्थानमा माओवादी थियो ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा गठवन्धनको ३ हजार ४ सय ३८ मत हुन्छ भने एमाले गठवन्धन भन्दा १ सय ४६ मतले अगाडी छ । ७ वटा वडा रहेको भैरवीमा गठवन्धनको ३ हजार ४ सय १४ मत हुन्छ । यहाँ वडामा एमाले गठवन्धन भन्दा ७८ मतले मात्र पछाडी छ । यहाँ २ हजार ६ सय ७६ नयाँ मतदाता थपिएका छन् ।

महावु गाउँपालिका

यस पालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका थिए । पार्टी विभाजनपछि भने दुवै नेकपा एकीकृत समाजवादीमा छन् । एमालेबाट जंगबहादुर शाहीले ३ हजार ५ सय २२ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका कणर्बहादुर शाहीले २ हजार ९ सय र माओवादीका जंगबहादुर बरालले ७ सय ३३ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा एमालेबाट प्रेमकुमारी बुढाले ३ हजार ५ सय ८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसकी मञ्जु कुमारी शर्माले २ हजार ८ सय ८७ र माओवादीकी रुपकला रावतले ८ सय ३८ मत ल्याएकी थिईन् ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा यस पालिकामा नेकपा एमालेको न्युन मत आउने देखिन्छ । किनभने तत्कालिन अवस्थामा एमालेवाट विजयी ३ वटा वडाका वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष नै एकिकृत समाजवादीमा छन् । ६ वटा वडा रहेको महावुमा २ वडा नेपाली कांग्रेसले जितेको छ भने १ जना वडाध्यक्ष एमालेका हुन् । अरु ३ जनाले एकिकृत समाजवादी रोजिसकेका छन् । यहाँ १ हजार ८ सय ९१ नयाँ मतदाता थपिएका छन् ।

नौमुल गाउँपालिका

यहाँ अध्यक्ष र उपाध्यक्ष नै काँग्रेसले जितेको थियो । काँग्रेसका भदे बुढा मगरले ३ हजार १ सय ५२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लिलबहादुर राम्जालीले २ हजार ६ सय ४४ र माओवादीका छविराम सुवेदीले १ हजार ६ सय २८ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा काँग्रेसकी अमृता सिंहले ३ हजार २ सय ८० मत ल्याएर निर्वाचित हुँदा एमालेकी झरना चन्दले २ हजार ७ सय ३४ मत र माओवादीकी चन्द्रा थापा मगरले १ हजार ४ सय १९ मत प्राप्त गरेकी थिईन् ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा गठवन्धनको ४ हजार ७ सय ८० मत हुन्छ भने एमाले गठवन्धन भन्दा २ हजार १ सय ३६ मतले पछाडी छ । ८ वटा वडा रहेको नौमूलेमा गठवन्धनको ४ हजार ९ सय ४६ मत हुन्छ । यहाँ वडामा एमाले गठवन्धन भन्दा २ हजार ५ सय १८ मतले पछाडी छ । यहाँ १ हजार ५ सय ५ जना नयाँ मतदाता थपिएका छन् ।

भगवतीमाई गाउँपालिका

यहाँ एमालेका दानबहादुर थापाले २ हजार ३ सय २९ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका दशरथ खड्काले १ हजार ८ सय ८९, माओवादीका गणेशबहादुर थापाले १ हजार ६ सय ७२ र राप्रपाका कमलबहादुर शाहीले ६ सय ५६ मत ल्याएका थिए ।
उपाध्यक्षमा एमालेकै उम्मेदवार चन्द्रा रेग्मीले २ हजार ४ सय २१ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका मिना कुमारी खड्काले १ हजार ८ सय ८९, माओवादी केन्द्रकी डिल कुमारी विकले १ हजार ३ सय ७८ ल्याएकी थिईन् ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा गठवन्धनको ३ हजार ६ सय ४९ मत हुन्छ भने एमाले गठवन्धन भन्दा १ हजार ३ सय ३० मतले पछाडी छ । ७ वटा वडा रहेको भागवतीमाईमा गठवन्धनको ४ हजार १ सय ४५ मत हुन्छ । यहाँ वडामा एमाले गठवन्धन भन्दा ३ हजार १५ मतले पछाडी छ । यहाँ १ हजार ३ सय ४८ जना नयाँ मतदाता थपिएका छन् ।

डुंङ्गेश्वर गाउँपालिका

यहाँ अध्यक्ष उपाध्यक्ष काँग्रेसले जितेको छ । काँग्रेसका नगेन्द्रबहादुर मल्लले २ हजार ७ सय ८७ मत ल्याएर निर्वाचित हुँदा एमालेका मानबहादुर विष्टले २ हजार ४ सय ६९ र माओवादीका खगेन्द्रबहादुर पुन मगरले ४ सय २३ मत पाए ।
उपाध्यक्षमा काँग्रेसकी सीता ज्ञवालीले २ हजार ६ सय २८ मत प्राप्त गरेर निर्वाचित भएकी थिइन् । एमालेकी कलावती न्यौपानेले २ हजार ६ सय १८ र माओवादी तेस्रो स्थानमा छ ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा गठवन्धनको ३ हजार २ सय ४० मत हुन्छ भने एमाले गठवन्धन भन्दा ७ सय ७१ मतले पछाडी छ । ६ वटा वडा रहेको डुङ्गेश्वरमा गठवन्धनको ३ हजार १ सय १५ मत हुन्छ । यहाँ वडामा एमाले गठवन्धन भन्दा ६ सय ७२ मतले पछाडी छ । यहाँ १ हजार ७ सय ९७ जना नयाँ मतदाता थपिएका छन् ।

गुराँस गाउँपालिका

यहाँ पनि अध्यक्ष र उपाध्यक्ष काँग्रेसले जितेको छ । अध्यक्षमा काँग्रेसका खेमराज ओलीले ४ हजार १ सय ६४ मत ल्याएर निर्वाचित हुँदा एमालेका प्रेमबहादुर खड्काले ३ हजार ४ सय २३, माओवादीका कृष्णप्रसाद पाण्डेले ४ सय ९९, नेमकिपाका उदयजंग शाहीले ३ सय ६, राप्रपाका रतिमान खड्काले २ सय २२ मत प्राप्त गरे ।
उपाध्यक्षमा काँग्रेसकै दीपाकुमारी बिसीले ४ हजार ३७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी प्रभादेवी गुरुङले ३ हजार ५ सय ६९ र माओवादीकी निर्मा शाहीले ४ सय ७२ मत प्राप्त गरेकी छन् ।

अहिलेको अवस्था

तत्कालिन अवस्थामा सत्तारुढ दलको गठवन्धन जारी रहेमा गठवन्धनको ४ हजार ६ सय ६३ मत हुन्छ भने एमाले गठवन्धन भन्दा १ हजार २ सय ४० मतले पछाडी छ । ८ वटा वडा रहेको गुराँसमा गठवन्धनको ४ हजार ४ सय ७५ मत हुन्छ । यहाँ वडामा एमाले गठवन्धन भन्दा ९ सय १६ मतले पछाडी छ । यहाँ १ हजार ६ सय २८ जना नयाँ मतदाता थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *