नेकपा (एस) महावुका सचिव थापा कांग्रेसमा प्रवेश

मातृभूमी राजनितिक व्युरो । ०९ बैशाख दैलेख
नेकपा (एकीकृत समाजवादी) पार्टी महाबु गाउँपालिका कमिटिका सचिव प्रकाशराज थापा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट पार्टीको राजनीतिक पृष्ठभूमि बनाएका थापा शुक्रवार काँग्रेसमा प्रवेश गरेका हुन् ।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा महाबु गाउँपालिका २ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट चुनाव लडेका थिए । उनी नेपाली काँग्रेसका रामकृष्ण गुरुङ्गसँग पराजीत भएका थिए ।
काँग्रेस प्रवेश गरेका थापा नेकपा एमाले विभाजनपछि गठित नेकपा (एकीकृत समाजवादी) पार्टीको महाबु गाउँपालिकाको सचिवको जिम्मेवारीमा थिए । उनलाई शुक्रवार काँग्रेस नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *