नारायण नगरपालिका १ का वडासदस्य केसीले दिए राजिनामा
मातृभूमी राजनितिक व्युरो । ०९ बेशाख दैलेख
आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिन थालेका छन् । यसैक्राममा दैलेखको नारायण नगरपालिका १ का वडासदस्य रमेश कुमार केसीले राजीनामा दिएका छन् ।
उनले पुनः उम्मेदवार हुने इच्छा राख्दैँ राजीनामा दिएको बताएका छन् । वडासदस्य केसीले बिहीवार नारायण नगरपालिककाका मेयर रत्नबहादुर खड्का समक्ष राजीनामा बुझाएका छन् ।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा केसी नेकपा एमालेबाट नारायण नगरपालिका १ को वडा सदस्यमा निर्वाचित भएका थिए । उनी नेकपा एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध छन् ।