दैलेखमा मिल्यो गठबन्धनको भागबण्डा

मातृभूमी राजनितिक व्युरो । ११ बैशाख दैलेख
दैलेखमा लामो समयको कसरत पछि स्थानीय तहको निर्वाचनका लागि सत्ता साझेदार दलहरूले भागवण्डा मिलाएका छन् । आइतवार गठबन्धनको वैठकले केन्द्रको निणर्य अनुसार दैलेखमा पनि गठबन्धन गरेर चुनावमा जाने सहमति गरेका हुन् । लामो समयदेखि सहमतिको प्रयास जारी भएपनि अन्यौलमा रहेको गठबन्धनमा भागबण्डा मिलाएर चुनावमा जाने सहमति गरेको नेपाली काँग्रेस दैलेखका पाटी सभापति मणिराम रेग्मीले वताए ।
११ वटा स्थानीय तहमै गठबन्धन गरी अगाडि बढ्ने सहमती अनुसार नारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । दुल्लु नगरपालिकाको मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ । त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली काँग्रेसको भागमा परेको छ । भने आठबीस नगरपालिकाको नेपाली काँग्रेस मेयर र नेकपा (माओवादी केन्द्र)ले उपमेयर पाउने जनाईएको छ ।
यसैगरी नौमूले गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसलाई भाग पर्दा नेकपा (एकीकृत समाजवादी)लाई उपाध्यक्ष परेको छ । महाबु गाउँपालिकामा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको जनाइएको छ । यस्तै समाजवादीले आफ्नो पकड क्षेत्र मानेको भगवतीमाई गाउँपालिकाको अध्यक्ष भने नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ भने उपाध्यक्ष नेपाली काँग्रेसले पाएको छ । डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ भने गुराँस गाउँपालिकामा पनि अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र) को भागमा परेको छ ।
यस्तै भैरबी गाउँपालिकाको अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष नेपाली काँग्रेसको भागमा परेको छ । ठाटीकाँध गाउँपालिकाको अध्यक्ष भने नेकपा (माओवादी केन्द्र) र उपाध्यक्ष नेपाली काँग्रेसले पाउने सहमती भएको गठबन्धनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *