दैलेखका दुई पालिका प्रमुखमा महिला उम्मेदवार

मातृभूमी राजनितिक व्युरो । १३ बैशाख दैलेख
दैलेखका दुई पालिका प्रमुखमा महिलाले उम्मेदवारी दिएका छन् । नारायण नगरपालिका र ठाँटिकाँध गाउँपालिकाको प्रमुखमा महिलाले उम्मेदवारी दिएका हुन् । नारायणमा निर्मला खड्का र ठाँटिकाँध गाउँपालिकामा लक्ष्मीदेवी शाहलाई प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन् ।
जिल्लाको सदरमुकाम रहेको नारायण नगरपालिकामा नेपाली कांग्रेसले निर्मला खड्कालाई नगर प्रमुखको उम्मेदवार वनाएको छ । यसैगरी नेकपा एमालेले यहाँको पश्चिममा पर्ने ठाँटिकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार लक्ष्मीदेवी शाहलाई बनाएको छ । दैलेखका अन्य पालिका प्रमुखमा महिला उम्मेदवार छैनन् । वडा अध्यक्षमा केही उम्मेदवार हुन सक्ने बाहेक प्रमुखमा दलहरुले उम्मेदवार बनाएका छैनन् ।
नारायणको नगर प्रमुखमा १२ जनाको नाम सिफारिस भएपनि निर्मला खड्कालाई पार्टीले उम्मेदवार बनाएको हो । नेपाल महिला संघ हुँदै पार्टीको कणर्ाली प्रदेश सदस्य भएकी खड्का नारायणमा लोकप्रिय नेताका रुपमा चर्चित छिन् । त्यस्तै ठाँटिकाँध गाउँपालिकामा नेकपा एमालेबाट ७ जनाको नाम चर्चामा भएपनि लक्ष्मीदेवी शाहलाई पार्टीले उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
यस्तै नारायण नगरपालिकाको उपमेयरमा नेकपा एकिकृत समाजवादीबाट नारायण नगरपालिकाकी निवर्तमान उपमेयर सावित्री मल्लले उम्मेदवारी दिएकी छन् । सोमबार नारायण नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेवाट नारायण नगरपालिका दैलेखको मेयरमा लोमन शर्माले उम्मेदवारी दिएका छन् भने उपमेयरमा तप्ताकुमारी थापाले उम्मेदवारी दिएकी छन् । शर्मा नेकपा एमाले दैलेखको लोकप्रिय नेताका रुपमा परिचित छन् । नेकपा एमाले दैलेखको प्रचार विभाग प्रमुख हुँदै दैलेख अस्पतालको अध्यक्ष भएर आफ्नो कार्याकाल सम्पन्न गरेका शर्मा हाल नेकपा एमाले कणर्ाली प्रदेश कमिटि सदस्य हुन् ।
यस्तै नेकपा एमालेवाट नारायण नगरपालिका दैलेखको उपमेयरमा उम्मेदवारी दिएकी तप्ताकुमारी थापा जिल्लामा लोकप्रिय महिला नेतृको परिचय वनाएकी छन् । शालिन, भद्र र नम्र स्वभावकी थापा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य एवं दैलेख जिल्ला संयोजक हुन् । जिल्ला अस्पताल दैलेखको व्यवस्थापन समितिको सदस्य भएर कुशलता पुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेकी थापा नेकपा एमाले कणर्ाली प्रदेश कमिटि सदस्य समेत भएर काम गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *