उम्मेदवार बन्न पार्टी परित्याग गर्दै, अर्काे पार्टी प्रवेश

मातृभूमी राजनितिक व्युरो । १२ बैशाख दैलेख
स्थानीय तह निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै गर्दा कर्णालीमा दल अदल-बदल गर्नेहरुको संख्या पनि बढ्यो । आफू सदस्य रहेको पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार नपाएका केही प्रदेशदेखि पालिकास्तरीय नेताहरु तत्कालै अर्को पार्टीमा प्रवेश गरेर उम्मेदवार बने ।
खासगरी कणर्ालीमा पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलका स्थानीय नेताहरु टिकट नपाएपछि अर्को दलमा प्रदेश गरेर उम्मेदवार बनेका छन् ।
नेपाली कांग्रेस दैलेखकी कार्य समिति सदस्य पून्यप्रभा दसौंदी पार्टीले टिकट नदिएपछि समाजवादी प्रदेश गरिन् । समाजवादीबाट उनले महावु गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिइन् । गठबन्धनको सहमति अनुसार महावु गाउँपालिकाको अध्यक्ष समाजवादीले लिने र उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएको थियो ।
यस्तै नेपाली कांग्रेस नौमूले गाउँपालिका सभापति गंगवहादुर शाहीले एकिकृत समाजवादीवाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यहाँ गठवन्धनमा नेपाली कांग्रेसले अध्यक्ष र एकिकृत समाजवादीले उपाध्यक्ष लिने निणर्य गरिएको थियो । तर कांग्रेसका गाउँपालिका सभापति एकिकृत समाजवादीमा प्रवेश गरेर उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *