समुन्नत नगर निर्माण नै पहिलो प्राथमिकता : थापा

नेकपा एमालेका तर्फवाट नारायण नगरपालिका दैलेखको उपमेयरको उम्मेदवार वनेकी तप्ता कुमारी थापा २०२७ साल चैत्र १० गते मंगलवारका दिन जन्मिएकी हुन् । नारायण नगरपालिका ७ किमुगाउँ (तत्कालिन वसन्तमाला गाउँ विकास समिति) मा वुवा चक्र वहादुर खड्का र आमा दुर्गादेवी खड्काको कोखवाट जन्म लिएको थापाका एक दाजु र तीन दिदिवहिनी छन् । गाउँमा माध्यामिक शिक्षा प्राप्त गरेकी थापाले डिप्लोमा सम्म अध्ययन गरेकी छन् । नारायण नगरपालिका ८ तर्ताङ्गमा विहेवारी गरेकी थापाले राजनितिलाई नै पेशा वनाएर लागिरहँदा पारिवारले सहयोगका साथै हौसला पनि प्रदान गरिरहेका छन् । लामो समयदेखी राजनितिमा आवद्ध थापा यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फवाट नारायण नगरपालिका दैलेखको उपमेयर पदको उम्मेदवार हुन् । लामो राजनितिक अनुभवका साथै सामाजिक सेवामा सक्रिय थापासँग मातृभूमी राजनितिक व्युरोले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको राजनितिक पृष्ठभुमि के हो ?

मैले २०४६ सालदेखी राजनितिक यात्रा सुरु गरेको हुँ । २०४९ सालदेखी हाल सम्म नेकपा एमाले दैलेखको महत्वपुणर् भुमिका निर्वाह गर्दै आईरहेको छु । २०५४ सालमा नेकपा एमाललेलाई विजयी वनाउन मेरो महत्वपुणर् भुमिका नै रह्यो । विद्यार्थी राजनितिवाट यात्रा शुरु गरेको मैले पार्टीको राजनिति गर्दागर्दै २०६० सालमा नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघमा आवद्ध भएँ । वि.सं. २०६४ सालमा जिल्ला कमिटि सदस्य हुँदै हाल सम्म जिल्ला कमिटिमा रहेर काम गरिरहेको छु । २०७३ सालमा अखिल नेपाल महिला संघ दैलेखको सचिव जस्तो महत्वपुणर् जिम्मेवारीमा रहँदा राजनितिमा महिलाको ३३ प्रतिशत सहभागिता सुश्चित हुनुपर्छ भन्दै पार्टीमा आवाज वुलन्द गर्दै आईरहेको छु ।
वि.सं. २०७५ साल साउनदेखी अखिल नेपाल महिला संघ दैलेखको संयोजक, २०७८ पौषदेखी नेकपा एमाले कणर्ाली प्रदेश कमिटि सदस्य र अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य भएर काम गरिरहेको छु । यति मात्र हैन समाजमा रहेका कुरिती, कुसंस्कार, दुव्र्यसनी, मदिरा नियन्त्रण लगाएतका कुसंस्कार विरुद्ध निरन्तर आवाज उठाउँदै आएको छु भने सामाजिक सेवामा पनि संलग्न छु । वि.सं. २०६२/०६३ सालको जनआन्दोलमा समेत सक्रिय भएर लागेको थिए ।

उपमेयरमा तपाँईको उम्मेदवारी किन ?

स्वच्छ निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । सुशासन र समृद्धिका लागी एमालेको मुल नारालाई सफल पार्दै खानेपानी, वाटोघाटो, विजुलि वत्ति, सिंचाई र विषेश गरी कृषि क्रान्ति गर्ने र परम्परागत खेती प्रणालीलाई अन्त्य गर्दै आधुनिक र व्यवसायीक खेती प्रणालीमा नगरपालिकालाई सफल वनाउँदै माछा, मासु, अण्डा र तरकारी खेतिमा विषेश जोड दिदै सहकारी मार्फत जनतालाई आत्मनिर्भर वनाउँन चाहान्छु । स्वास्थ्य, शिक्षा, खेलकुद र सरसफाईलाई पहिलो प्राथमिकता दिएको छु । समावेशी विकासलाई ध्यान दिई सुखी नगरवासी, समृद्ध नगर वनाउका लागी नगर उपप्रमुखमा मेरो उम्मेदवारी हो ।

नगरवासीले तपाँईलाई नै किन भोट दिने ? नारायण नगरपालिकालाई समृद्ध बनाउन तपाँईका एजेन्डा के-के हुन् ?

नारायण नगरपालिका र नगरवासीलाई समृद्ध वनाउका लागी मेरा धेरै एजेण्डाहरु छैनन् । थोरै तर महत्वपुणर् छन् । जो यसप्रकारका छन् ।
क) खानेपानी, विजुलि वत्ति, स्वास्थ्य सेवा र कृषि क्रान्तिमा विषेश जोड दिएको छु । खानेपानी र विजुलिको महशुल घटाउनका लागी अहोरात्र लागिरहने छु ।
ख) श्रम, श्रमीक र सहकारीमा विषेश जोड दिने छु ।
ग) नगरवासीलाई सूचना र प्रविधिमा जोड्दै नगरपालिकावाट स्वत प्रकाशन हुने सूचना, आम नागरिकलाई आवश्यक पर्ने सूचना सहजै प्राप्त गर्ने व्यवस्था मिलाउने छु ।
घ) नगरवासीलाई पुर्नःनिर्माण र विपद् व्यवस्थापनका विषयमा सचेत गराउँदै भविष्यमा हुने कुनै पनि विपद्को सामना गर्नका लागी आम नगरवासीसँगको सल्लाह, सुझाव र सहकार्यका माध्यामवाट एकतावद्ध गराउँदै दिर्घकालिन योजना निर्माणमा ध्यान दिने छु ।
ङ) समावेशी विकासको सिद्धान्तलाई आत्मसात गर्दै वृद्धवृद्धाहरुका अनुभव साटफेर गर्ने थलोका रुपमा नगरलाई विकास गर्दै, वेरोजगारहरुका लागी रोजगारीका अवसर सृजना गर्ने र युवा युवतिहरुका लागी खेल मैदान र खेलकुदको विकास गर्नेछु ।
च) स्थानीय स्रोत साधनको पहिचान गरी वेराजगारहरुलाई उनीहरुको क्षमता अनुसारको रोजगारीको व्यवस्था मिलाउने प्रतिवद्धता गर्दछु ।
छ) उपमेयरसँग जनता कार्यक्रम संचालन गरी नगरपालिकाका ११ वटै वडामा प्रत्येक ३/३ महिनामा पुगी उहाँहरुका गुनासा सुन्दै उहाँहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात गर्दै समस्याहरु समाधानका निम्ति पहल गर्नेछु ।
ज) विभिन्न खाले सामाजिक तथा घरेलु हिंसा र लैंगिक हिंसा निर्मुल पार्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिने छ । साथै युवा युवतीहरुलाई दुव्र्यसनी र कुलतमा फस्न नदिन सचेतनाका कार्यक्रम साथै खोजमुलक र सूचनामुलक कार्यक्रम संचालन गर्ने र महिला स्वास्थ्यमा वढि जोड दिनेछु ।

यसअघिको स्थानीय तहको निर्वाचनमा जनताले नेकपा एमालेलाई भोट दिएकै हुन् । जनताले प्रत्यक्ष अनुभुती गर्नेगरी केही बिकास भएको देखिन्न फेरि पनि एमालेलाई नै भोट किन दिने ?

विगतमा पनि जनताले नेकपा एमालेलाई आफ्नो अमुल्य मत दिई नगरपालिकामा विजय गराएका हुन् । श्रमजिवी, सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी र आम जनताको माग पुरा गर्ने पार्टी नेकपा एमाले नै हो । नेकपा एमालले सरकारको नेतृत्व गर्दा आफ्नो गाउँ, आफै वनाउँ, वृद्धवृद्धालाई भत्ता, एकल महिलालाई भत्ता, दिवा खाजा, स्वास्थ्य विमा, खुला दिसा मुक्त घोषणा लगाएतका कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिसकेको छ ।
नारायण नगरपालिकामा पनि खरको छाना मुक्त, दुग्ध व्यवसायमा आत्मनिर्भर, महिलाको स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य, सुकुम्वासी नागरिकलाई जग्गा धनी पुर्जा उपलव्ध गराउने काम, घर नजिकै सरकार भएको अनुभुति दिलाउने काम गरिसकेको छ । अझ थुर्पै कामहरु यस पालिकामा नेकपा एमालेले शुरुवात गरेको छ । ति अधुरा कामहरुलाई पुरा गर्नका लागी भएपनि नेकपा एमालेलाई भोट दिन आम नगरवासीहरुलाई अनुरोध गर्दछु ।

यदि तपाँईले चुनाव जित्नु भयो भने पहिलो काम के गर्नुहुन्छ ?

समुन्नत नगर निर्माण नै हाम्रो पहिलो प्राथमिकता हो । यदि मैले चुनाव जिते भने रिङ्गरोडको कामलाई पुणर्ता दिन तर्फ लाग्नेछु । अस्तव्ययस्त रहेको सदरमुकाम क्षेत्रको वजार व्यवस्थापन गर्नेछु । जस्तै, खानेपानी, विजुलिका तार, टेलिफोनका तार, वजार क्षेत्रको ढल व्यवस्थापन लगाएतका कामलाई पहिलो प्राथमिकतामा राखेको छु । साथै नगरवासीलाई निःशुल्क र सुपथ मुल्यमा खानेपानीको व्यवस्था गर्नेछौँ ।
युवा युवतीलाई आफ्नै नगरमा रोजगारीको व्यवस्था मिलाउने छौँ । मानव निर्मित तालको कामलाई सम्पन्न गर्न तर्फ लाग्नेछौँ भने नगरलाई नमुना नगरपालिका वनाउन तर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ । साथै नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको काम छिटो, छरितो हुने तरिकाले व्यवस्था मिलाउने छौँ ।

अन्त्यमा आम मतदातालाई के भन्न चाहानु हुन्छ ?

नेकपा एमालेका उम्मेदवारलाई सुर्य चिन्हमा आफ्नो अमुल्य मत दिएर जिताउन सम्पुणर् नगरवासीहरुलाई हार्दिक अनुरोध गर्दछु । तपाँईहरुको अमुल्य मतको कदर गर्नेछौँ । हामी निर्वाचित भएको खण्डामा आवश्यकताको पहिचान गरी सेवा प्रवाह गर्नेछौँ । हाम्रो पार्टीको घोषणा पत्र अनुसार काम गर्ने प्रतिवद्धता गर्दछु । यहि वैशाख ३० गतेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउनुहोला । धन्यवाद…

Leave a Reply

Your email address will not be published. Required fields are marked *