शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार र रोजगारी मुख्य प्राथमिकता : शर्मा

नेकपा एमालेका तर्फवाट नारायण नगरपालिका दैलेखको मेयरका उम्मेदवार लोमन शर्मा २०२३ साल असोज १८ गते मंगलवारका दिन जन्मिएका हुन् । नारायण नगरपालिका १० भवानीमा वुवा भक्ति प्रसाद उपाध्याय र आमा इन्द्रादेवी शर्माको कोखवाट जन्म लिएको शर्मा चार दाजुभाई छन् । नारायण नगरपालिका १० भवनीमा आफ्नो वाल्यकाल विताएका शर्मा घरका जेठा छोरो हुन् । राजनितिलाई नै पेशा वनाएर निरन्तर राजनिति गरिरहेका शर्मा वि.सं. २०३६ सालदेखी राजनितिमा छन् । स्नातक पास गरेका शर्मा राजनिति शास्त्रमा मास्टर्स गर्दैछन् । यहि वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा शर्मा नेकपा एमालेका तर्फवाट नारायण नगरपालिका दैलेखको मेयर पदको उम्मेदवार हुन् । लामो राजनितिक अनुभवका साथै सामाजिक सेवामा सक्रिय शर्मासँग मातृभूमी राजनितिक व्युरोले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको राजनितिक पृष्ठभुमि के हो ?

मेरो राजनितिक यात्रा २०३६ सालको जनमत संग्रहदेखी शुरु भएको हो । ०३६ सालमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ जिल्ला कमिटिको सचिव भै पंञ्चायतका विरुद्धको आन्दोलमा सक्रिय सहभागिता जनाएको थिए । २०३८ सालदेखी २०४१ सालसम्म नेक्राविसंघ जिल्ला कमिटि दैलेखको अध्यक्ष भएर काम गरेको थिए ।
वि.सं. २०४२ सालवाट नेमकिपा जिल्ला कमिटि दैलेखको सदस्य भएर काम गरिरहँदा ०४२ सालको सत्याग्रहमा पंञ्चायतद्धारा पक्राउ पुर्जी जारी हुँदा अर्ध भूमीगत भै पंञ्चायत विरुद्ध आन्दोलन गर्दैगर्दा सुर्खेत प्रहरी हिरासतमा ७ दिन वसेको छु । ०४३ सालमा निर्वाचनलाई उपयोग गर्ने पार्टीको निणर्य अनुसार भवानी गाउँ पंञ्चायतको प्रधानपञ्चको उम्मेदवार भै निर्वाचन लड्दा पंञ्चायती शासकहरुले जितेको निर्वाचनमा पुनः मत गणना गर्दा ८ म तबदर गरी वरावरी वनाई गोलाप्रथा गर्दा दुवै गोलामा (शुन्य) लेखी जर्वजस्ती घोषणा गरी निर्वाचन हराईएको थियो । ०४६ सालको पहिलो जनआन्दोलनमा सक्रिय भै आन्दोलको अगुवाई गरेको थिए । ०४९ सालमा जिल्ला विकास समिति दैलेखको सदस्य भै इलाका नं. २ को प्रतिनिधित्व गरेको थिए ।
वि.सं. २०५१ सालमा नेमकिपा दैलेखको सहसचिवमा निर्वाचित भएर काम भएको थिए । ०५२ सालमा नेमकिपावाट आन्दोलन अगाडी वढ्न नसक्ने ठहर गरी नेमकिपा र एमालेलाई दैलेखमा एकता गर्ने काम गरी नेकपा एमालेमा प्रवेश गरेको हुँ । ०५४ सालमा एमालेवाट जिल्ला विकास समितिको सदस्यमा पुनः निर्वाचित भएर काम गरेको थिए । ०५२ सालदेखी २०६२ सालसम्म नेकपा एमाले दैलेखको जिल्ला कमिटि सदस्य हुँदै गर्दा ०६२ सालमा नेकपा माओवादीले संचालन गरेको जनयुद्धका कारण विस्थापित भै २ महिनासम्म जिल्ला वाहिर वसी पार्टीको काम गरेको थिए ।
वि.सं. २०६२/०६३ सालमा भएको १९ दिने जनआन्दोलनमा सक्रिय भुमिका निभाएको थिए । नेकपा एमाले दैलेखको प्रचार विभाग प्रमुख रहँदा नेकपा एमाले र माओवादीवीच एकता भई निर्माण भएको नेकपाको जिल्ला कमिटि सदस्य हुँदै २०७७ सालमा पार्टी विभाजन भई पुर्नःगठित नेकपा एमालेको केन्द्रिय सदस्य मनोनित भै पार्टीको जिम्मेवारी वहन गरेको थिए । हाल नेकपा एमाले कणर्ाली प्रदेश कमिटि सदस्यमा रहेर काम गरिरहेको छु । पार्टीका विभिन्न तह र तप्कामा रहेर काम गरिरहँदा दैलेख अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर कुशलापुर्वक कार्यकाल सम्पन्न गरीसकेको छु । हाल नेकपा एमालेका तर्फवाट नारायण नगरपालिका दैलेखको मेयरमा उम्मेदवारी दिएको छु ।

नगरबासीले मेयरमा तपाँईलाई नै भोट किन दिने ? नगरपालिका समृद्ध बनाउन तपाँईका एजेन्डाहरु के-के हुन् ?

नारायण नगरपालिका दैलेख जिल्लाको पुरानो र ऐतिहासिक नगरपालिका हो । नारायण नगरपालिकालाई म निर्वाचित भएमा तपशिलका क्षेत्रमा आमुल परिवर्तन गरी नगरवासीहरुलाई सेवा प्रदान गर्न चाहन्छु । त्यसैले नगरवासीहरुलाई आफुलाई मतदान गर्न अनुरोध गर्दछु ।
१) खानेपानी :
नारायण नगरपालिकाको ११ वटा मध्ये २० वडामा खानेपानीको समस्या छ । वृहत साहारे खानेपानी सवै वडामा विस्तार हुन सकेको छैन । खानेपानीको महसुल अत्यन्तै चर्को छ । नगरवासीहरुले खानेपानीको न्युनतम शुल्क मिनाह गर्ने र अधिकतम शुल्क मात्र लिने व्यवस्था गर्नेछु । यसवाट ९० प्रतिशत उपभोक्ताहरुको पानी महसुल निःशुल्क हुनेछ । वृहत साहारे खानेपानीको क्षमता वृद्धि गरी एक घर एक धाराको निति लागु गर्नेछु ।
२) सडक :
दैलेख सदरमुकामको वाटोलाई कालोपत्रे गर्ने र नगरदेखी वडासम्म जोड्ने वाटोको स्तरोन्नती गरी कालोपत्रे गर्ने व्यवस्था गर्नेछु ।
३) विजुलि वत्ति :
नगरपालिकाका वत्ति नपुगेका ठाउँहरुमा विद्युत जडान गरी उज्यालो नगर अभियान संचालन गरिनेछ । वैकल्पिक उर्जाको प्रयोग गर्न दैलेख वजारमा राखिएका पोलहरुलाई व्यवस्थित गरिने छ ।
४) कृषि :
आधुनिक कृर्षि र प्रविधिको प्रयोग गरी परम्परागत कृषि प्रणालीलाई अन्त्य गरिनेछ । साथै विभिन्न कृषि वालीको पकेट क्षेत्र तोकी एकिकृत कृषि प्रणालीको विकास गर्ने र वजारीकरण गरिनेछ । साथै एक घर एक रोजगारको अवस्था सृजना गरी सहकारीको माधयामवाट कृषिको साझा उत्पादनमा जोड दिदै कृषि फर्महरु निर्माण गरिनेछ ।
५) शिक्षा :
व्यवसायीक शिक्षामा जोड दिदै विद्यार्थीहरुको अनुपातमा दरवन्दी सृजना गरी सामुदायिक विद्यालयहरुलाई अंग्रेजी माध्याममा पढाउन उत्प्रेरित गर्ने, शिक्षकहरुको सेवा सुविधामा विषेश ध्यान दिने, ५ वर्षभित्र सवै विद्यालयका पक्कि भवनहरु निर्माण गर्ने, विद्यालय सम्म सडकको पहुँच अनिवार्य गर्ने, कम्प्युटर शिक्षामा जोड दिने, शिक्षकहरुलाई प्रविधि सम्वन्धी तालिम दिई सक्षम वनाउने ।
६) स्वास्थ्य :
दैलेख सदरमुकाममा रहेको दैलेख अस्पताललाई ५० शैयामा व्यवस्थीत गर्ने र विषेशज्ञ सेवा प्रदान गर्ने । साथै त्रिवेणी हेल्थपोष्टलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने, एम्वुलेन्स सेवा र शववाहनको अनिवार्य व्यवस्था गर्ने, स्वास्थ्य चौकीका पक्कि भवन नभएका वडामा अनिवार्य पक्कि भवन निर्माण गरिने छ । ६० वर्ष नाघेका दलित, अपांग, अशक्तको निःशुल्क स्वास्थ्य विमा गर्ने र अन्य समुदायका नागरिकको स्वास्थ्य विमामा विषेश अनुदान दिईने छ । स्वास्थ्यकर्मीको सेवा सुविधामा वढात्तरी गरिनेछ ।
७) रोजगारी :
नगरपालिका भित्रका रहेका वेरोजगार युवाहरुका लागी रोजगारी सृजना गर्ने कार्यक्रम लागु गरी देश वाहिर जाने वाध्यतालाई अन्त्य गर्ने ।
८) कर व्यवस्थापन :
नगरपालिकाले लिन मिल्ने करमा ग्रामिण क्षेत्र र शहरी क्षेत्रको भिन्नतलाई कायम गरी ग्रामिण क्षेत्रको जग्गा करमा कटौति गर्दै संकलन भएको रकमलाई करदाताकै पक्षमा खर्च गर्ने व्यवस्था मिलाउने ।
९) कला संस्कृतिको संरक्षण गर्दै पुर्नःनिर्माणमा जोड दिने ।
१०) फोहोर व्यवस्थापन :
नगरको फोहोरलाई संकलन र व्यवस्थापनमा विषेश ध्यान दिने र वातावरणीय प्रभावलाई ध्यान दिने ।
११) नगरभित्रको वन संरक्षणमा विषेश ध्यान दिने र हरित सडक निर्माण गर्न सडक छेउछाउमा वृक्षारोपण गर्ने ।
१२) साना, घरेलु तथा लघु उद्योग संचालन गरी रोजगारी सृजना गर्ने ।
१३) खेलकुद क्षेत्रको विकासमा जोड दिदै खेलाडीहरुलाई प्रोत्साहन गर्ने साथै मिनि स्टेडियम निर्माणका लागी पहल गर्ने ।
१४) पर्यटन :
नगरपालिका भित्रका धार्मिक, ऐतिहासिक मठ मन्दिरको संरक्षण तथा पुर्नःनिर्माण गर्ने ।
पालिका गौरवको आयोजना अन्तरगतको नारायण नगरपालिका ९ मा संचालन भैरहेको कोटिला मान निर्मित तालको अधुरोका कामलाई पुरा गर्ने । जसले पर्यटन प्रवद्र्धनमा महत्वपुणर् भुमिका खेल्नेछ ।
दैलेख सदरमुकामदेखी पंञ्चदेवल, वेलासपुर, श्रीस्थान, नाभिस्थान, कोटीला लगाएतका धार्मिक स्थलसम्मको सडकलाई व्यवस्थित गर्ने ।
दैलेख-महावु सडकलाई प्राथमिकता दिने र महावुसम्मको पर्यटन मार्ग वनाई शिवजी दर्शन गर्न पुग्ने तिर्थालु भक्तजहरुको सहजताका लागी ठाउँ-ठाउँमा होटल, होमस्टे खोल्न उत्प्रेरित गर्ने ।
१५) पारदर्शिता :
नगरपालिकाको वार्षिक वजेट, योजनाको प्रगतिको त्रैमासिक, अर्धवार्षिक र वार्षिक समिक्षा गरी सार्वजनिक गर्ने । साथै नगरपालिवाट स्वत प्रकाशन हुने सूचनाहरु आम नागरिकको पहुँचमा पुर्‍याउन, रेडियो तथा पत्रपत्रिकावाट प्रकाशन गर्नुका साथै सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण लगाएका कार्यहरु संचालन गर्ने ।
नारायण नगरपालिकालाई भ्रष्टचार रहित नगरपालिका निर्माण गर्दै शुसासन कायम गर्ने ।
यदि तपाँईले चुनाव जित्नु भयो भने पहिलो काम के गर्नुहुन्छ ?
यदि मैले चुनाव जिते भने पहिलो काम भनेको नारायण नगरपालिका भित्रको सडक, वत्ति, खानेपानी र स्वास्थ्यमा जनशक्ति र औषधी आपुर्तिलाई पहिलो प्राथमिकतामा राख्नेछु । भ्रष्टचार रहित नगर घोषणा गर्नेछु । र नगरपालिकाको सेवालाई छिटो छरितो र प्रभावकारी वनाउने छु ।

अन्त्यमा आम मतदातालाई के भन्न चाहानु हुन्छ ?

नारायण नगरपालिकाका सवै आम मतदाताहरुलाई मेरो अनुरोध यो छ कि हजुरहरुले गर्ने मतदानले नारायण नगरपालिकाको ५ वर्षको भविष्य निर्माण गर्दछ । हामी मेयरका उम्मेदावरहरुले मध्ये कसलाई मतदान गरेमा यो नगर समृद्धि हुन्छ । कुन उम्मेदवारमा योग्यता छ । क्षमता छ । अनुभव छ । सामाजिक सेवामा उसको निष्ठा, धैर्यता, आर्थिक अनुशासन, चरित्र, आनीवानी, व्यवहार, समाजप्रतिको जवाफदेहिता कस्तो छ । सृजनशिलता छ कि छैन ध्यान दिन अनुरोध छ । हाम्रो होइन । राम्रो र योग्य उम्मेदवार को हो पहिचान गरी नेतृत्व छानौँ । र मेयर पदमा जिताऔँ ।
धन्यवाद…

Leave a Reply

Your email address will not be published. Required fields are marked *