एकीकृत समाजवादी ठाँटिकाँध गाउँ कमिटि एमालेमा समाहित
मातृभूमी राजनितिक व्युरो । २१ बैशाख दैलेख
ठाँटिकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटि नै नेकपा एमालेमा समाहित भएको छ । बुधवार एक संयुक्त विज्ञप्ती जारी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीको ठाँटिकाँध गाउँ कमिटि नै एमालेमा समाहित भएको हो । नेकपा एमाले ठाँटिकाँध गाउँपालिका कमिटिका अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) ठाँटिकाँध गाउँपालिका कमिटिका अध्यक्ष नारायण प्रसाद जैसीले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
विज्ञप्तीमा ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नती, प्रगती र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गरिएको उल्लेख छ । ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई विजयी गराउने र परिणाममुखी भूमिका निर्वाह गर्ने जानकारी गराउँदै नेकपा (एकीकृत समाजवादी) नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटिमा पार्टी एकता सहित समाहित भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
एमालेमा समाहित भएका नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, कणर्ाली प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाह, एमाले नेताहरु सुर्यबहादुर शाही, धीरबहादुर शाही, एमालेका तर्फबाट ठाँटिकाँध गाउँपालिकाको अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी शाह लगाएतको उपस्थितीमा स्वागत गरिएको थियो ।