काँग्रेस कार्यकर्ता द्वारा एमाले उम्मेदवारमाथि आक्रमण
मातृभूमी राजनितिक व्युरो । २६ बैशाख दैलेख
दैलेखको गुराँस गाउँपालिमा एमालेका उम्मेदवारमाथी आक्रमण भएको छ । एमालेको तर्फबाट दैलेखको गुराँस गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टोपबहादुर बिसीको टोली माथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।
गाउँपालिका-७ मा आयोजित चुनावी सभालाई सम्बोधन गरी फर्किने क्रममा गुराँस-७ ओखरेनी नजिक काँग्रेस कार्यकर्ताले बाटो छेकेर आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार टोपबहादुर बिसीले बताउनुभयो ।
काँग्रेस कार्यकर्ताहरूले कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको उम्मेदवार विसीले वताउनुभयो । काँग्रेस कार्यकर्ताको आकक्रमणबााट अध्यक्ष पदका उम्मेदवार बिसी सामान्य चोटपटक लागेको जनाइएको छ । काँग्रेस कार्यकर्ताले अन्य जिन्सी सामान लुटपाट समेत गरेको विसीको भनाई छ ।
यता दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर प्रसाद साहले गुराँसमा भएको विवाद सामान्य भएको बताउनुभयो । डिएसपी साहले भन्नुभयो ‘विवाद सामान्य हो, निर्वाचनका वेला यस्ता सामान्य विवाद हुन्छन् । हामीले सुरक्षा व्यवस्था कडा वनाएका छौँ ।’