मतगणना स्थलमा मापसे चेक गरिने, सिसि क्यामेरा पनि जडान

मातृभूमी राजनितिक व्युरो । २९ बैशाख दैलेख
यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । दैलेखका ११ वटै पालिकामा रहेका मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकमीको टोलीले आवश्यक व्यवस्थापन गरिरहेका छन् ।
जिल्लामा ४ जना नगरप्रमुख, ४ जना नगरउपप्रमुख, ७ जना गाउँपालिका अध्यक्ष, ७ जना गाउँपालिका उपाध्यक्ष, ९० जना वडाध्यक्ष र ३ सय ६० जना वडा सदस्य चुन्न बैशाख ३० गते मतदान हुँदैछ । मतदान सकिएपछि हुने मतगणनाका लागि समेत आवश्यक व्यवस्थापनको काम भइरहेका छन् । दैलेखमा यस पटक मतगणना स्थलमा मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गरिने भएको छ । ११ वटै स्थानीय तहमा हुने मतगणना स्थलमा मादक पदार्थ सेवन गरे नगरेको अनिवार्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए ।
गत गणना स्थलभित्र छिर्ने प्रहरीदेखि मत गणक, एजेण्ट लगायत सबैलाई मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गरिने डीएसपी साहले वताए । त्यसका लागि मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने उपकरण ‘ब्रेथलाइजर’ ल्याइएको छ । ४० हजारदेखि १ लाख २० हजारसम्मका मेसिनहरु ल्याइएको उनले बताए । प्रहरीको मोबाइल टोलीले जिल्लाका ११ वटै स्थानमा रहेका मतगणना स्थलमा चेकजाँच गर्ने डीएसपी साहको भनाई छ ।
‘जो सुकै होस् मदिरा सेवन गरे नगरेको जाँचपछि मात्र मतगणना स्थलमा छिर्ने व्यवस्था गरेका छौँ’, डीएसपी साहले भने, ‘परीक्षणमा मदिरा सेवन गरेको पाइएमा जो सुकै होस् प्रवेश निषेध गर्न निर्देशन दिएका छौं ।’
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले स्थानीय निर्वाचनलाई शान्तिपूणर् र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पुणर् व्यवस्थापन गरिएको जानकारी दिए । उनले मत गणना स्थलमा मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने उपकरण ‘ब्रेथलाइजर’को समेत व्यवस्थापन गरिएको बताए । ‘मतगणना स्थलमा सिसि क्यामरा पनि जडान गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *