दैलेखको चामुण्डाविन्द्रासैनी १ मा नेमकिपा विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. १ मा नेपाल मजदुर किसान पार्टीका उदे कामी विजयी भएका छन् । नेमकिपाका उदे कामीले ३ सय १७ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्दि नेपाली कांग्रेसका तपेन्द्र बहादुर शाहीले ३ सय १३ मत प्राप्त गरेका छन् । कांग्रेसका शाही नेमकिपाका उदेसँग ४ मतले पराजित भएका हुन् । यसैगरी एमालेका लछिराम केसीले २ सय ९६ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका शेरवहादुर पुलामी मगरले ९५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *