दैलेखमा एमाले र कांग्रेस ४/४ तथा माओवादी र नेमकिपा १/१ वडामा विजयी

मातृभूमी राजनितिक व्युरो । ३१ बैशाख दैलेख
दैलेखमा शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भईरहेको छ । शुक्रवार रातदेखि नै सुरु भएको मतगणनाको परिणाम सार्वजनिक भईरहेका छन् । अहिलेसम्मको प्रारम्भिक मत परिणाम अनुसार जिल्लाको ९० वटा वडामध्ये १० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
जसमा ४ वटा वडामा नेपाली कांग्रेस, ४ वटा वडामा नेकपा एमाले र माओवादी केन्द्र तथा नेपाल मजदुर किसान पार्टी १/१ वडामा जीत हात पारेका छन् । नेपाली कांग्रेसले नौमूले गाउँपालिका वडा नम्बर १, २ र ४, गुराँस गाउँपालिका वडा नं. १ मा जीत हात पारेको छ । नौमूले गाउँपालिका वडा नम्बर १ मा रुपेश थापा मगर, २ मा दुर्गप्रसाद शर्मा र ४ मा चन्द्रलाल वस्नेत वडाध्यक्ष निर्वाचित भएका छन् । गुराँस गाउँपालिका वडा नं. १ मा धर्मबहादुर रावल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेबाट महाबु गाउँपालिका-१ मा सर्वराज सार्की, दुल्लु नगरपालिका-१ मा तर्कबहादुर खड्का, भैरवी गाउँपालिका वडा नं. १ मा डम्वर वहादुर कार्की र नौमूले गाउँपालिका वडा नं. ३ मा नरवहादुर पुरी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै नेकपा माओवादी केन्द्रले डुङ्गेश्वर गाउँपालिका-१ मा जीत हात पारेको छ । उक्त वडामा माओवादी केन्द्रबाट श्याम राना वडाध्यक्षमा विजयी भएका हुन् । उता चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. १ मा नेपाल मजदुर किसान पार्टीका उदे कामी वडाध्यक्षमा निर्वाचित भएका हुन् । अहिले जिल्लाका ११ वटै स्थानीय तहमा मत गणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *