दैलेखको नौमूले गाउँपालिकामा माओवादीका सुवेदी विजयी (वडाकाे परिणाम सहित)
मातृभूमी राजनितिक व्युरो । ०१ जेष्ठ दैलेख
दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । सुवेदीले ३ हजार २ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् भने एमालेका शशिराम विश्वकर्माले १ हजार ९ सय २० मत ल्याएका छन् ।
यसैगरी गाउँपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अमृता सिंहले २ हजार ५ सय ५ र एमालेकी गीता चन्दले १ हजार ९ सय १८ मत प्राप्त गरिन् ।
आठ वडा रहेको नौमूलेमा ५ वडामा कांग्रेस, २ वडामा एकीकृत समाजवादी र १ वडामा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।
नौमूले १ मा कांग्रेसका थापा विजयी
नौमुले गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका रुपेश कुमार थापा मगर विजयी भएका छन् । थापाले ४ सय मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका नामाखर शर्माले ३ सय ८६ मत ल्याए भने नेकपा एकीकृत समाजवादीका हरी वहादुर थापा मगरले ३ सय मत प्राप्त गरे ।
नौमूले २ मा कांग्रेसका शर्मा विजयी
नौमुले गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसका दुर्ग प्रसाद शर्मा विजयी भएका छन् । शर्माले ४ सय ८३ मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका खगेन्द्र वहादुर सिंह ठकुरीले ४ सय ५ मत ल्याए भने नेकपा माओवादी केन्द्रका पदम वहादुर गिरीले ३ सय ११ मत प्राप्त गरे ।
नौमूले ३ मा एमालेका पुरी विजयी
नौमुले गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका नरवहादुर पुरी विजयी भएका छन् । पुरीले ४ सय १८ मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका बल बहादुर खत्रीले ३ सय ३८ मत ल्याए भने नेपाली कांग्रेसका गगन वहादुर रोका मगरले ३ सय १८ मत प्राप्त गरे ।
नौमूले ४ मा कांग्रेसका बस्नेत विजयी
नौमुले गाउँपालिका वडा नं. ४ मा नेपाली कांग्रेसका चन्द्रलाल वस्नेत विजयी भएका छन् । वस्नेतले ४ सय ७४ मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका गज वहादुर ढेंगा मगरले ३ सय १० मत ल्याए भने नेकपा एमालेका गंगाराम वस्नेतले १ सय ३८ मत प्राप्त गरे ।
नौमूले ५ मा एकीकृत समाजवादीका सलामी विजयी
नौमुले गाउँपालिका वडा नं. ५ मा नेकपा एकीकृत समाजवादीका कृष्ण वहादुर सलामी विजयी भएका छन् । सलामीले ५ सय ४९ मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका धन वहादुर सलामी मगरले २ सय १० मत ल्याए भने नेपाली कांग्रेसका चन्द्र वहादुर सलामी मगरले ३८ मत प्राप्त गरे ।
नौमूले ७ मा कांग्रेसका सिजाली विजयी
नौमुले गाउँपालिका वडा नं. ७ मा नेपाली कांग्रेसका टेक वहादुर सिंजाली मगर विजयी भएका छन् । सिजालीले २ सय ७० मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेकपा माओवादीका सन्त वहादुर चन्दले १ सय ७५ मत ल्याए भने नेकपा एमालेका प्रेम वहादुर वि.क.ले १ सय ८ मत प्राप्त गरे ।
नौमूले ८ मा एकीकृत समाजवादीका हमाल विजयी
नौमुले गाउँपालिका वडा नं. ८ मा नेकपा एकीकृत समाजवादीका दिपक बहादुर हमाल विजयी भएका छन् । हमालले ५ सय ८७ मत ल्याएर वडाध्यक्ष विजयी हुँदा उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रेम बहादुर चन्दले २ सय ५२ मत ल्याए भने नेकपा एमालेका खड्क वहादुर हमालले १ सय ५० मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीको पुणर् वहादुर चन्दले १ सय मत ल्याए ।