दैलेखको महावु गाउँपालिकामा कांग्रेस विजयी

मातृभूमी राजनितिक व्युरो । ०२ जेष्ठ दैलेख
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लछुमन गुरुङ्ग विजयी भएका छन् । गुरुङ्ग २ हजार ९ सय ७१ मत ल्याउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ मत पाए । एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार वनेका जंगबहादुर शाहीले २ हजार २ सय ६८ मत प्राप्त गरेका छन् । शाही गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै मञ्जु कुमारी शर्मा विजयी भएकी छन् । उनले ३ हजार १ सय ५५ मत ल्याएरमा उपाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी दुर्गाकुमारी सिंहले २ हजार ३ सय १ र एकीकृत समाजवादीकी पुण्यप्रभा दशौँदीले २ हजार १ सय ३३ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *