दैलेखकाे भगवतीमाई गाउँपालिकाकाे अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी
मातृभूमी राजनितिक व्युरो । ०२ जेष्ठ दैलेख
दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापा बिजयी भएका छन् । थापा २ हजार ८ सय ४६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दशरथ खड्का २ हजार २ सय ३ मत प्राप्त गरे ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना कुमारी खड्का बिजयी भएकी छन् । खड्काले २ हजार ६ सय ८३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी माओवादीकी मनिषा सोनी (बिक) ले २ हजार २ सय ४७ मत ल्याएकी छन् ।
यस्तै ७ वडा रहेको भगवतीमाईमा ४ वडामा नेपाली कांग्रेस र ३ वडामा एकिकृत समाजवादी विजयी भएको छ । वडा नं. १ मा एकिकृत समाजवादीका ईन्द्र थापा, २ मा दिपक रावत र वडा नं. ५ कृष्ण शाही विजयी भएका छन् । यसैगरी वडा नं. ३ मा कांग्रेसका मान ब.खड्का, ४ मा देवलोक अधिकारी, ६ मा गणेश शर्मा र वडा नं. ७ मा कांग्रेसका पुर्ण थापा विजयी भएका छन् ।