दैलेखकाे नारायण नगरपालिकामा एमाले विजयी
मातृभुमी राजनितिक व्युराे । ०३ जेष्ठ दैलेख
दैलेखको नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) बिजयी भएका छन् । काफ्ले ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका निर्मला खड्का (थापा) ले ५ हजार ३ सय ५७ मत प्राप्त गरिन् ।
यस्तै नारायण नगपालीकाको उप प्रमुखमा नेकपा एमालेका तप्ता कुमारी खड्का (थापा) बिजयी भएका छन् । थापाले ५ हजार ६ सय ७३ मत प्राप्त गर्दै नारायण नगरपालिकाको उप प्रमुखमा बिजयी हुदा उनका प्रत्यासी नेकपा एकिकृत समाजवादीका सावित्री मल्लले ३ हजार ८ सय ३८ मत प्राप्त गरेका छन् । पराजित मल्ल २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित निवर्तमान नगर उप प्रमुख हुन् ।