दैलेखका आठविस नगरपालिकामा एमाले विजयी

मातृभूमी राजनितिक व्युरो । ०४ जेष्ठ दैलेख
दैलेखको आठबीस नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल र उपप्रमुखमा कल्पना कुमारी थापा विजयी भएकी छन् । काँग्रेसका उम्मेदवार प्रेम प्रकाश शाहीलाई २ सय ६१ मतान्तरले हराउँदै बडुवाल आठविसको मेयरमा विजयी भएका हुन् । बडुवालले ५ हजार ३ सय २७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका शाहीले ५ हजार ६६ मत मात्रै पाए ।
यस्तै उपप्रमुखमा एमालेका कल्पना कुमारी थापा १ सय ४८ मतान्तरले विजयी भएकी छन् । कल्पनाले ५ हजार १ सय १३ मत ल्याएर उपमेयरमा विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याईन् ।
साथै नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी भएका छन् । यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । जसमा वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजिर सिंह वि.क., ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *