अस्तित्व स्विकार्न नसक्नु नै दैलेखमा एमाले हारकाे कारण
जीवन शाही
संघीय गणतन्त्र नेपाल निर्माण पछि दोश्रो पटक स्थानीय तहको निर्वाचन एकाध ठाउँ बाहेक शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । सम्पुणर् बिजेताहरुलाई हार्दिक बधाईका साथै जनउत्तरदायी सत्ता सन्चालनका लागि हार्दिक शुभकामना…. सम्पूणर् युवा, बिद्यार्थी तथा जुनसुकै दलका नेता कार्यकर्तालाई स्थानीय सरकार परिणाममुखी बनाउन आफ्ना जनप्रतिनिधिलाई सहयोग गर्न अपिल गर्दछु ।
गत वैशाख ३० मा सम्पन्न स्थानिय निर्वाचनमा नेकापा एमाले दैलेखले दुई वटा नगरपालिकामा प्रमुख/उपप्रमुख र दुई वटा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षमा बिजय हाँसिल गरेको छ । जसमा गुराँस र डुङ्गेश्वर गाउँपालिका रहेका छन् भने नारायण र आठबिस नगरपालिका यसै गरि दुल्लु नगरपालिकामा उपप्रमुख र ठाटिकाध गाउँपालिका उपाध्यक्षमा पनि जित हात पारेको छ ।
पहिलो स्थानिय निर्वाचनमा ७ ओटा स्थानिय तह जितेको एमाले अहिले आएर ४ मा सिमित हुन पुगेको छ । यसको प्रत्यक्ष असर पार्टी नेता कार्यकर्ताको नैरास्यताले प्रस्ट पारेको छ । विभिन्न अल्झन सहितको गठबन्धन, पार्टी फुटेर बनेको एकीकृत समाजबादी पार्टी हारका प्रत्यक्ष कारण देखिए पनी पार्टीको यो अवस्था हुनुमा मुल कारण धेरै रहेको देखिन्छ ।
यसको निर्मम समिक्षा पार्टी पंक्ति तथा इमानदार नेता कार्यकर्ताले गर्नुपर्छ, गर्ने नै छनर । पार्टी फुटको अवस्था र गठबन्धन रहँदै गर्दा पनी बढी भन्दा बढी तहमा नेकपा एमालेको अवस्था एकदमै बलियो थियो । पार्टीका विभिन्न संगठनात्मक संरचना र यसका गतिबिधीले यो कुरा प्रस्ट्याउँछ । तमाम चुनौतिका बाबजुद पार्टी सशक्त अवस्थामा रहँदा रहँदै पनि नेतृत्वको चरम गल्ती र लापरबाहीले गर्दा यो परिणाम झेल्नु परेको अवस्था छ । म यहाँ कसैको नाम जोडेर यसले यसो गर्यो, उसले यसो गर्यो भन्ने पक्षमा छैन नेता तथा कार्यकर्ताले आफै बुझ्नु हुनेछ र समिक्षा गर्नु हुनेछ । म यहाँ प्रष्ट रुपमा केही कारण खुलाउन चाहान्छु ।
टिकट बितरणको किचलो र त्यसको प्रभाव
धेरै भन्दा धेरै तहमा एमालेले उम्मेदवार छनौट सिफारिस देखि टिकट बितरण सम्म आइपुग्दा गम्भीर कमजोरि गरेको थियो । स्थानीय कमिटिले सिफारिस गरेका उम्मेदवार भित्र पनि पार्टीमा योगदान गरेका स्थानीय तह बिकासका बारे योजना, दीर्घकालीन बिचार र जनमतमा पकडको प्रवाह नगरी आफ्ना र आफू निकटकालाई टिकट दिने चक्करमा उम्मेदवार भित्रका प्रतिस्पर्धी मात्र हैन तल कार्यकर्ता र भोटर सम्मको मानसिकतामा नकारात्मक सन्देश प्रवाह गर्यो । त्यो पछि एउटाको टिकट भैसकेपछी मेटाउने र पुर्ववत अवस्थामा फर्काउनमा चुक्यो । यसैमा मनोनयन दर्ता गर्ने अन्तिम अवस्था सम्म पनि टिकट कसको हुने कुरामा अन्यौलता रह्यो । धेरै ठाउँमा धेरैलाइ फोनबाट पहिले नै टिकट दिइयो । टिकट त सबैलाइ आउने कुरा थिएन एउटाको आयो र बाकी साथिहरुको मानसिकतामा परेको नकारात्मक उर्जालाई सकारात्मक बनाउने प्रयत्न बाहिरी रुपमा सफल देखिएपनी आन्तरिक रुपमा पुणर् असफल रह्यो । भोटरसम्म ती प्रयत्नहरु पुग्न सकेनन् तसर्थ एउटा प्रमुख कारण टिकट बितरणको बेलामा नेताहरुले अभिभावकिय भुमिका निर्वाह गर्न सकेनन् । यसको समिक्षा पार्टीमा आवस्यक छ ।
नेतृत्वको आत्म केन्द्रित मानसिकता
निर्वाचनमा होमिदै गर्दा पनि पार्टी नेतृत्वलाई पार्टी भित्रको गुटले छोडेन भेगले छोडेन अनि आफ्नो सम्प्रदाय एबम जातले छोडेन । नेताहरुलाई आफू केन्द्रित उम्मेदवार चाहियो । आफ्नो भनेको भए सबै राम्रो हुने आफ्नो भनेको नभए सबै बिग्रीने जस्तो मानसिकता छर्लङ्ग देखियो । हामी बर्गबिहिन समाजको परिकल्पना, जनताको बहुदलिय जनबादको मार्गदर्शनका कुरा गर्दै समाजबाद हुँदै साम्यबादको बाटोमा हिडिरहदा नेतृत्वका गैर सङ्गठनिक, गैरराजनीतिक, कदमहरुले गर्दा नेकपा एमालेको माहोल एकाएक नकारात्मक हुन गयो । त्यसको प्रत्यक्ष असर परिणाममा हुन पुग्यो । टिकट बितरणमा आत्मकेन्द्रीत आचरण नै चुनाव हारको कारण बन्न पुग्यो ।
अरुको अस्तित्व स्विकार गर्न नसक्नु
उम्मेदवार छनौटकै क्रममा उम्मेदवारहरुले टिकट आफुसँग भएको जनमुखी सोच, जनप्रिय योजना, समाजमा बिद्यमान समस्या निराकरणका उपाय दिएर माग्नु पर्ने अवस्थामा म फलानो गुटको त्यसैले मलाई टिकट दिनुपर्छ । म फलानो जातको त्या मेरो जातको धेरै मतदाता छन् । त्यसैले टिकट मलाई दिनुपर्छ । मेरो भेगमा जनसंख्या धेरै छ त्यसैले मलाइ टिकट दिनुपर्छ । भनेर टिकट मागेको देखियो । यी नितान्त गैरराजनीतिक, गैरसङ्गठनिक तर्क हो । यसैमा टेकेर हेर्दा आफू उम्मेदवार हँुदा जित्ने भोट आउने अर्को हँुदैमा जिताउन नसकिने अनैतिक तर्क र कदम नै निर्वाचन हारका कारण हुन् र पछि टिकट नपाउँदा त्यही जात, त्यही भेग र त्यही गुट नै कारण बन्यो । आफू भए संसार हुने आफू नहँुदा सबै धोस्त बनाउने धमिराहरुकाबारे पार्टीले सोच्नु पर्ने अवस्था आएको छ । आफू नभए पार्टी नै हराउनेहरुका लागि पार्टीमा स्थान हुनु पनी हुदैन । पार्टी सबैको साझा थलो हो । सबै एक अर्कालाइ सहयोग गर्दै अघि बढ्नुको बिकल्प हँुदैन ।
दबाब समुहको दबाबको कमि
पार्टीसंग आबद्ध बिभिन्न जनबर्गिय तथा पेशागत संगठनहरु भनेको पार्टीका शक्ति केन्द्र हुनुका साथै पार्टी गलत बाटोमा जान नदिने दबाब समूहहरु पनि हुन् । यी दबाब समुहहरु एकहिसावले भन्दा पार्टी भित्रका प्रतिपक्ष हुन् । उम्मेदवार छनौट गर्दैगर्दा हामी राष्ट्रिीय युवा संघ,अनेरास्ववियु, अनेम संघ, किसान महासंघ तथा अन्य जनबर्गिय संगठनले पनि सहि उम्मेदवार छनौटका लागि प्रयाप्त मात्रामा दबाब सृजना गर्न सकेनौँ र गरेका केहि प्रयासहरु पनि असफल भए ।
पार्टी भित्रका कमिकमजोरिको समिक्षा गर्दै विभिन्न पार्टीका तहमा शुद्धिकरण सहितको सुदृढीकरणलाई अबको कार्यदिशा बनाई पार्टी सुदृढ र सशक्त बनाउन नेकपा एमालेलाई माया गर्ने सम्पुणर् नेता कार्यकर्तालाइ अपिल गर्न चाहान्छु । ‘एक माघले जाडो टर्दैन । ऋतु बदलिदै फेरि आफ्नो समयमा फर्किन्छ ।’ नयाँ उर्जाका साथ तयार रहन आग्रह गर्दछु ।
अन्तमा अनेकौ आन्तरिक तथा बाह्य चुनौतिको सामना गर्दै जित हासिल गरेका सम्पुणर् जनप्रतिनिधिहरुलाई हार्दिक बधाई दिदैं घोषणा पत्रलाई अक्षरंस कार्यान्वयन गर्न नसकेपनी जनमुखी काम गर्न अनुरोध गर्दछु ।
हार्दिक अभिबादन…
(शाही राष्ट्रिय युवा संघ दैलेखका अध्यक्ष हुन् ।)